नयाँ शक्ति र फोरमबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं, २१ वैशाख । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमति भएको छ । शुक्रबार राति अबेरसम्म चलेको छलफलले एकताको सहमति गरेको हो । एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको जनाइएको छ । 

एकीकृत पार्टीमा नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराई पहिलो वरीयताको अध्यक्ष रहनेछन् भने संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव दोस्रो वरीयतामा रहनेछन् । भट्टराई संघीय समितिको अध्यक्ष र यादव केन्द्रीय समितिको अध्यक्ष रहने गरी एकताको प्रक्रिया टुंगो लगाइएको हो ।एकताको सहमतिपत्रमा भट्टराई र यादवले हस्ताक्षर गर्ने तयारी गरिएको छ । त्यसपछि आजै दुवै पार्टीको केन्दीय समिति बैठक बसेर केन्द्रीय समिति भंग गर्नेछन् । आउँदो वैशाख २३ गते सोमबार पार्टी एकता घोषणासभा हुने पाण्डेले बताए । घोषणासभापछि नयाँ केन्द्रीय समिति गठन गरिने बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *