प्रियंकाको लुक्सले तान्यो दर्शकको ध्यान, उडाए मजाक

 

बैशाख २४, काठमाडौं । हलिउड गायक निक जोनाससँग वैवाहिक बन्धनमा बाँधिए लगतै बलिउड नायिका प्रियंका चोपडा यतिबेला अमेरिकामा छिन् । 

निक जोनाससँग वैवाहिक बन्धनमा बाँधिएपछि उनी बारम्बार चर्चामा आइरहन्छिन् र सम्बन्धबारे आफ्ना अभिव्यक्तिका कारण ट्रोलको शिकार भइरहन्छिन् । 

null

हालसालै पनि सामाजिक सञ्जालमा उनको न्यू लुक्सबारे चर्चा भइरहेको छ । आफ्ना पति निकसँग ‘मेट गाला २०१९’ मा सहभागी हुन पुगेकी प्रियंकाको तस्विर सार्वजनिक भएलगतै सञ्चार माध्यमहरुमा कभरेजको विषय बन्यो । 

तस्विरमा उनको हेयर स्टाइल, मेकअप र पहिरन रोचक छन् । हुन त सेलिब्रेटीका लागि यी कुरा सामान्य नै हुन् । तर दर्शक तथा फ्यानहरुले भने उनको लुक्सको मजाक उडाएका छन् । 

मेट गाला विश्वकै ठूलो फेसन इभेन्टको रुपमा लिइन्छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *