ओपोको फ्रेञ्च टेनिस फेडरेसन (एफएफटी) सँग सहकार्य

 

जेठ ६, काठमाडौँ । ओपोले फ्रेञ्च टेनिस फेडरेसन (एफएफटी) संग सहकार्यका लागि सम्झौता गरेको छ । 

यस सँगै ओपो अब तीन वर्ष (२०१९–२०२१) का लागि विश्व प्रसिद्ध रोल्याण्ड–गार्रोस र रोलेक्स प्यारिस मास्टर्सको प्रिमियम पार्टनर र आधिकारिक स्मार्टफोन बनेको छ । 

null

अग्रणी स्मार्ट उपकरण ब्राण्ड अब रोल्याण्ड गार्रोसको पहिलो चिनियाँ पार्टनर बनेको छ । इमिरेट्स, लेकोस्ट, पज्यो र रोलेक्सका साथमा प्रिमियम पार्टनरका रुपमा ओपो, स्मार्टफोन उद्योगबाटै रोल्याण्ड गार्रोसको पहिलो पार्टनर हुनुका साथै पहिलो चिनिया प्राविधिक ब्राण्ड पनि हो । ओपोका उपाध्यक्ष ब्रायन शेनले भने, ‘ऐतिहासिक रोल्याण्ड–गार्रोसको प्रिमियम पार्टनर बन्न पाउँदा हामी निकै हर्षित तथा गौरवान्वित छौँ । २०१९ रोल्याण्ड गार्रोस टूर्नामेन्टका साथमा हामी यस गरिमामय टेनिस टूर्नामेन्टसंगको सहयात्राको सुरुवात गर्नेछौँ । 

 

यस सहकार्यले प्रिमियर टेनिस टूर्नामेन्टको लोकप्रियतामा अझ ब्यापकता ल्याउनुका साथै ओपो ब्राण्डलाई पनि अझ बढी उपभोक्ता सम्म पुग्न सहयोग पुग्ने हाम्रो विश्वास छ ।’ 

एफएफटीका अध्यक्ष बर्नाड ज्युजचेलीले भने,‘रोल्याण्ड गार्रोस र रोलेक्स प्यारिस मास्टर्सको पहिलो चिनिया पार्टनरका रुपमा ओपोको स्वागत गर्न पाउँदा हामी निकै हर्षित छौँ । यो संयुक्त सम्झौता वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्राण्डको विश्वासको सटिक प्रदर्शनी हो । 

नवप्रवर्तनको सिद्धान्तमा आधारित यो सम्झौता एफएफटीको प्रभाव बढाउन र चीन जस्तो प्रमुख वैश्विक बजारमा आफ्नो उपस्थिती थप दरिलो बनाउने अन्तरराष्ट्रिय रणनीतिसंग मेल खाँदो छ ।’ यो पार्टनरसिप मार्फत ओपो र रोल्याण्ड गार्रोसले ब्राण्ड सजगता, भिडियो कन्टेन्ट उत्पादन, यूवा प्रतिभा विकास र प्रविधी तथा उत्पादन अनुभव लगायत क्षेत्रमा उल्लेख्य सहकार्य गर्नेछ । 

ओपोको प्रिमियम स्मार्टफोनहरु, फाईन्ड एक्स र रेनोको प्रयोग मार्फत रोल्याण्ड गार्रोसका विशेष पलहरु कैद गरी स्टेडियममा फोटो ग्यालरीका रुपमा प्रदर्शित गरिनेछ । भविष्यमा ओपोले रोल्याण्ड गार्रोसमा अनसाइटरुपमै, विशेष ओपो जोन खडा गरी विश्वभरका टेनिस फ्यानलाई आफ्ना नयाँ उत्पदन तथा प्राविधिक नवप्रबर्तनहरु प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नेछ । 

यूवाप्रतिभाहरुलाई अवसर र प्रेरणा प्रदान गर्ने ओपोको प्रतिबद्धता अनुसार ओपो ‘जुनियर वाइल्ड कार्ड सिरिज बाई ओपो’को टाइटल स्पोन्सरका रुपमा पनि आवद्ध भएको छ ।  

यसले चीन, भारत र ब्राजिलका उदयिमान यूवाएथ्लेट्सलाई टूर्नामेन्ट सम्मपुग्न सघाउने छ ।  ‘यूरोपमा सर्वाधिक लोकप्रिय खेलका रुपमा रहेको टेनिसकालागि कडा एथ्लेटिसिजम मात्र नभइ सुन्दरता र कलात्मकताको पनि आवश्यकता पर्छ । 

ओपोको आफ्नो उत्पादनप्रतिको सिद्धान्तसँग यो मिल्दो जुल्दो छ ।’, ब्रायन शेनले भने ‘ रोल्याण्ड गार्रोससंगको यो पार्टनरशिपले संयुक्त भिजन प्रतिबिम्बित गर्नुका साथै हाम्रो यूरोपमा अझ फराकिलो रुपमा उपभोक्तासंग सटिक सम्वाद र सम्बन्ध स्थापित गर्न सघाउनेमा हामी विश्वस्त छौँ ।’ 

एक वैश्विक ब्राण्डका रुपमा ओपोको यूरोपसँग बलियो प्रतिबद्धता रहेको छ । रोल्याण्ड गार्रोससँगको यो सहकार्यले स्पोर्ट्स पार्टनरशिप मार्फत ओपोको प्रतिबद्धतालाई थप दरिलो तरिकाले प्रस्तुत गर्न सघाएको छ ।रोल्याण्ड गार्रोससँगको यो सहकार्यका साथै विम्बलडन, एफसीबार्सिलोना र ईन्टरनेशनलक्रिकेट काउन्सिल (आईसीसी) ले ओपोको यूरोपियन बजारमा बलियो लगानीको महत्व दर्साउँछ । आफ्नो रणनीति ‘ईन यूरोप, फर ग्लोबल’लाई आधार मान्दै यूरोपियन बजारमा आफ्नो व्यवसाय बृद्धि गर्दै थप नवप्रवर्तनात्मक उत्पादन तथा सेवाहरु यस क्षेत्र र विश्वभरका उपभोक्ता माझ पस्कन प्रतिबद्ध छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *