अबैध सम्बन्धकाे कारण घरकाे पाँचौं तल्लाबाट हाम फालेर आत्महत्या

 

जेठ २ ।  दक्षिणी दिल्लीको टिगरी इलाकाको एक भवनको पाँचौं तल्लाबाट हाम फालेका कारण एक व्यक्तिको मृत्यु भएको छ । 

पुलिसले पाएको जानकारी अनुसार ती व्यक्तिको त्यही भवनमा बस्ने महिलासँग अनैतिक सम्बन्ध थियो । महिलाका श्रीमानले ती दुईलाई आपत्तिजनक अवस्थामा भेटेका थिए । मामला बढेसँगै उनी भवनको पाँचौं तल्लाबाट हाम फाले जसका कारण उनको मृत्यु भयो । 

null

पुलिसका अनुसार जेजे कोलोनी निवासी पंकजको एक महिलासँग अवैध सम्बन्ध थियो । घटनाको दिन उनी ती महिलालाई भेट्न उनको घरमा गएका थिए । तर दुर्भाग्यवश त्यसदिन महिलाका श्रीमान बेलुका साढे चार बजे नै घर आए । घर आउँदा आफ्नी श्रीमती र पंकज दुईलाई आपत्तिजनक अवस्थामा भेटे । 

पुलिसका अनुसार घरको ढोका भित्रबाट बन्द थिएन त्यसकारण उनका श्रीमान् निकै सजिलै घर भित्र छिर्न सके । उनले जब श्रीमतीलाई त्यस्तो अवस्थामा देखे तब उनको झापड पनि हाने । डिसिपी विजय कुमारका अनुसार श्रीमानको रिस र डरले महिलाले आफ्नो हातको नसा समेत काट्ने कोसिस गरिन् । 

नसा काट्ने कोसिस गरिरहेकी महिलालाई दुई पुरुषले रोके । यसैबीच श्रीमानले श्रीमतीका बुवा र दाइलाई फोन गरेर घटनाबारे सबै जानकारी दिने चेतावनी दिए । कोठामा श्रीमान्–श्रीमतीबीच बहस चलिरहेका बेला पंकज बालकोनीमा आए र पाँचौं तल्लाबाट हाम फाले । 

तल झरेपछि केही मानिसहरुले पुलिसको मद्दतले उनलाई अस्पताल पुर्याए जहाँ डाक्टरले उनलाई मृत घोषित गरे । जानकारीका अनुसार पंकज दुई वर्ष अघि ती महिलासँग परिचित भएका थिए र त्यतिबेला देखि नै उनको घर आउ–जाउ गर्दथे । 

पुलिसले तीनैजनाको मोबाइल फोन जफत गरेर अनुसन्धान थालेको जानकारी दिएको छ । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *