ला लिगा: बार्सिलोना विजयी, रियलको अर्को हार

एजेन्सी । स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले गेटाफेलाई पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २-० को जित हात पारेको हो । बार्सिलोनाका लागि अर्टुरो भिदालले ३९ मिनेटमा पहिलो गोल गर्दा खेल सकिन एक मिनेट बाँकी छदा गेटाफेका डाकोनामले आत्मघाती गोल गरेका थिए । 

 

यता दोस्रो स्थानको एट्लेटिको म्याड्रिडलाई सेभिल्लाले १-१ ‍को बराबरीमा रोकेको छ । रियल म्याड्रिड भने पराजित भएको छ । रियललाई रियल सोसिडाडले ३-१ ले पराजित गरेको हो । रियालका लागि ब्रहिम डियासले छैटौं मिनेटमा गोल गरे पनि सोसिडाडले तीन गोल फर्काएको थियो । 

null

 

लिगको उपाधि जितिसकेको बार्सिलोनाले अन्तिम खेलअघि ८६ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ७५ र तेस्रो स्थानको रियलको ६८ अंक छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =