बाबरको शतक लागेन काम, पाकिस्तान अफगानिस्तानसँग पराजित

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघि शुक्रबार सम्पन्न अभ्यास खेलमा अफगानिस्तानले पाकिस्तानलाई तीन विकेटले पराजित गरेको छ । ब्रिस्टोलमा भएको खेलमा पाकिस्तानले दिएको दुई सय ६३ रनको विजयी लक्ष्य अफगानिस्तानले ४९.४ ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको थियो । अफगानिस्तानको जितमा हाम्सतउल्लाह शहिदिले अविजित ७३ रनको अर्धशतकीय इनिङ खेले । हजरत उल्लाह जाजईले ४९, मोहमद नाबीले ३४ र रहमत साहले ३२ रन बनाएका थिए । 

बलिङमा पाकिस्तानका वहाब रियाजले तीन र इमाद वासिमले दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४७.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ६२ रन बनाएको थियो । पाकिस्तानका लागि बाबर आजमले एक सय १२ रनको शतकीय इनिङ खेले पनि टोली हारबाट जोगिएन । सोयब मल्लिकले ४४र इमाम उल हकले ३२ रन बनाए । बलिङमा अफगानिस्तानका मोहमद नाबीले तीन विकेट लिए । राशिद खान र डलट जाड्रनले दुई दुई विकेट लिएका थिए । 

 

null

एकदिवसीय विश्वकप क्रिकेट यही मे ३० तारिख देखि इङ्ल्यान्ड र वेल्समा हुँदैछ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघि सुक्रबार राति खेलिएको अभ्यास खेलमा अफगानिस्तानले पाकिस्तानलाई तीन विकेटले हराएको छ । ब्रिस्टोलमा भएको खेलमा पाकिस्तानले दिएको दुई सय ६३ रनको विजयी लक्ष्य अफगानिस्तानले ४९.४ ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको थियो । अफगानिस्तानको जितमा हाम्सतउल्लाह शहिदिले अविजित ७३ रनको अर्धशतकीय इनिङ खेले । हजरत उल्लाह जाजईले ४९, मोहमद नाबीले ३४ र रहमत साहले ३२ रन बनाएका थिए । 

बलिङमा पाकिस्तानका वहाब रियाजले तीन र इमाद वासिमले दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४७.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ६२ रन बनाएको थियो । पाकिस्तानका लागि बाबर आजमले एक सय १२ रनको शतकीय इनिङ खेले पनि टोली हारबाट जोगिएन । सोयब मल्लिकले ४४ र इमाम उल हकले ३२ रन बनाए । बलिङमा अफगानिस्तानका मोहमद नाबीले तीन विकेट लिए । राशिद खान र डलट जाड्रनले दुई दुई विकेट लिएका थिए । एकदिवसीय विश्वकप क्रिकेट यही मे ३० तारिख देखि इङ्ल्यान्ड र वेल्समा हुँदैछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 11 =