राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १६ बाट

 

बैशाख, १७ चितवन । यस पटकको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १६, १७ र १८ गते भरतपुरमा हुने भएको छ । 

प्रतियोगिताका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा १७ गते मंगलबार बसेको बैठकले जिल्ला स्तरीय प्रतियोगिता १६ गतेबाट गर्ने निर्णय गरेको हो । 

null

सबै स्थानीय तहले स्थानीय स्तरमा खेल गराउने र छनौट भएका खेलाडीहरुले जिल्लामा प्रतिस्पर्धा गरी प्रदेश प्रतियोगिताका लागि छनोट हुने जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले बताए । 

ेबैठकमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, जिल्ला समन्वय उपप्रमुख मुनाकुमारी श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख एसपी सुशिलसिंह राठौर, जिल्ला समन्वय अधिकारी हरि वखतीलगायतको उपस्थिति रहेको जिल्ला खेलकुद विकास समितिका सचिव रामजी ढकालले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 10 =