पत्रकार नपाउँदा जताततै पिरलाे !

दिनदिनै ठूला लगानीको अनलाइन आइरहँदा काठमाडौंका स्थापित सञ्चारगृह कसरी रित्तिदैँ छन् यतातिर चिन्ता नगर्ने हो भने अब मिडिया हाउसहरु पत्रकारबिना नै चल्ने दिन नआउला भन्न सकिन्न । कान्तिपुर दैनिकमै हरिबहादुर थापाले छाडेपछि सम्पादक राख्न पत्रकार भेटिएको छैन, समाचार सम्पादक हुन दौडधूप गरेकाहरु नै कान्तिपुर छाड्ने मनस्थितिमा पुगेका छन् । 

राम्रो रिपोर्टिङ गरिरहेका मकर श्रेष्ठको तलब पाँच हजार रुपैयाँ पनि बढाउन नसक्ने भन्दै नारायण वाग्ले टक्टकिएपछि कान्तिपुर छाडेर एक लाख रुपैयाँ तलब पाइने कम्पनीमा गएका छन् । कान्तिपुरकै साप्ताहिक नरेन्द्र रौलेले छाडे । भिषा काफ्लेले राजीनामा दिएका छन् । सम्पादक सुवाष ढकाल, मुकुन्द बोगटी र कृष्ण भट्टराईलाई ३२ पृष्ठको पत्रिका कसरी निकाल्ने भन्ने पिरलो छ । 

नयाँ पत्रकार ४५ हजार रुपैयाँभन्दा कम्तीमा आउन मानेका छैनन्, आएकाहरुले पत्रिका निकाल्न र स्पर्धा गर्नसक्ने अवस्था छैन । हरेक मंगलबार कैलाश सिरोहियालाई भेट्ने गरेका नेपालका सम्पादकबाहेक अरु प्रकाशनमा सम्पादककै खोजी भइरहेको चर्चा छ । नागरिक दैनिकमा तलब नपाइएको ३ महिना भयो भन्दै पत्रकारहरु पार्ट टाइम कामको खोजीमा जुटेका छन् । वैशाख ११ देखि सम्पादक हुन पाइने आश्वासनमा पुगेका राजाराम गौतम अनलाइन र रेडियो युट्युबमै थन्किएका छन् । 

null

नागरिकबाट अर्थ ब्युरोका सबै पत्रकार हिँडेपछि अर्थ पृष्ठ जिल्लाको समाचार तानेर भर्र्नु भन्दै सम्पादक गुणराज लुइँटेल कराउन थालेका छन् । जिल्ला ब्युरो प्रमुख छत्र कार्कीले पनि राजीनामा दिएका छन् । प्रकाश तिमिल्सिना, विष्णु बेलबासे, विष्णु तामाङलगायतका राम्रा पत्रकार नागरिकबाट बाहिरिएका छन् । बालकृष्ण ज्ञवाली पनि असारपछि निस्कने मुडमा पुगेका छन् । दुई सम्पादकको टसलमा यतिखेर राजाराम कमजोर भएको र कुनै पनि बेला बाहिरिन सक्ने भन्दै नागरिकका पत्रकारहरु मालिक विनोदराज ज्ञवालीको मौबाइल खर्चमा कुरा काटिरहेका हुन्छन् । 

ठूला टेलिभिजनहरु एपिवान, न्युज २४, एभिन्युजमा पनि तलब रोकिन थालेपछि पत्रकारहरु धमाधम नयाँ अनलाइनमा रमाउन थालेका छन् । एभिन्युजमा सिकारु समाचारवाचक भरिपूर्ण भएका छन् । अन्नपूर्ण पोष्टले समाचार सम्पादक दिँदा पनि रमाउन नसकेका सुन्दर खनाल नेपाल न्युज डटकमको सम्पादक भएका छन् । अनलाइन हुँदै पत्रिकाको रिपोर्टिङमा पठाइएका ज्ञानेन्द्र खड्का अजेय सुमार्गीको थाहाखबरमा पुगेका छन् । एबिसी टेलिभिजनमा दशक बिताएका डण्ड गुरुङले राम्रा पत्रकार भेला पारेर नागरिक खबर डटकम शुरु गरेका छन् । जनआस्था लेख्छ । 

कान्तिपुरकै भवनमा फ्लाट लिएर उजिर मगर पनि अनलाइन चलाउने तयारीमा छन् र राम्रा पत्रकार तान्ने तयारीमा दैनिक संवाद चलिरहेको छ । यता, विभिन्न व्यापारीको पैसा मागेर चलाइएको प्राइम टेलिभिजनमा पनि दीपक खड्का र टेन्सवर्ग बियरका मालिक तेजेन्द्र खड्काको पैसा फिर्ता गर्न देखाइएका अध्यक्ष ऋषि धमलालाई संकट परेको छ । मंसिरमा सबै कर्मचारीको तलब ५ हजार रुपैयाँ बढाइएकोमा माघमा फेरि ३ महिना सहयोग गर भन्दै सबैको तलब ५ हजार रुपैयाँ घटाइएपछि अरु टिभी छाडेर आएका पत्रकारहरु तनावमा परेका छन् । 

थाहा टिभीमा समाचार प्रमुख पाइन्छ भनेर लामो समय तीर्थ कोइरालासँग बसेका अर्जुन खड्का प्राइम टिभीमा गएका छन् । तर स्टेशन संकटमा छ । जेठ १५ देखि प्रशारणमा आउन लागेको यो हो टेलिभिजनमा पनि भनेजस्तो पत्रकार पाइएको छैन । अध्यक्ष काजी शेर्पाले समाचार प्रमुख बनाएका सम थापा पत्रकार तान्न हरेक टिभी स्टेशन र अनलाइनमा प्रयास गरिरहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *