आईपीएल: शीर्षस्थानको चेन्नई पञ्जाबसँग पराजित, डु प्लेसिसको ९६ रन लागेन काम

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शीर्षस्थानको चेन्नई सुपर किङ्‍सलाई किङ्‍स इलेभेन पञ्जाबले पराजित गरेको छ । आइतबार भएको खेलमा पञ्जाबले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो । चेन्‍नईले दिएको १ सय ७१ रनको लक्ष्य पञ्जाबले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो । 

 

पन्जाबका लागि केएल राहुलले ७१ रनको योगदान गरे भने क्रिस गेलले २८ तथा निकोलाश पुरानले ३६ रन बनाए । चेन्‍नईका लागि हर्वजन सिंहले ३ विकेट लिए भने रविन्द्र जडेजाले १ विकेट लिए । यसअघि सुरुमा ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । 

null

चेन्‍नईका लागि फाफ डु प्लेसिसले ९६ रन बनाए पनि जितका लागि प्रयाप्त रहेन । उनले ५५ बलमा १० चौका र ४ छक्काको मदतले ९६ रन बनाएका थिए । सुरेश रैनाले ५३ रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनी १० रनमा अविजित रहे । पञ्जाबका लागि साम कुरानले ३ तथा मोहमद सामीले २ विकेट लिएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *