आपत्तिजनक अवस्थामा महिलाका श्रीमानले फेला पारेपछि पाँचौँ तल्लाबाट हाम फाले


जेठ २, काठमाडौं । दक्षिणी दिल्लीको टिगरी इलाका स्थित एक भवनको पाँचौँ तल्लाबाट एक युवकले हाम फालेर आत्महत्या गरेका छन् ।
सोही भवनकी एक महिलासँग अनैतिक सम्बन्धमा रहेका ती युवकले रहस्य बाहिर आएका कारण सोही तल्लाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।
null
सधैँ ढिलाे घरमा आउने ती युवतीका श्रीमान् सो दिन छिट्टै आएका थिए । घरको ढोकामा चुकुल लगाइएको पनि थिएन । त्यसैले उनी सरासर भित्र पसे ।
जब ती युवतीका श्रीमान् कोठाभित्र छिरे, उनले नसोचेको दृश्य देखे । युवतीलाई झापड पनि हाने । किनकी उनी ती आत्महत्या गरेका युवकसँग आपत्तिजनक अवस्था थिइन् । त्यसपछि घटनाले ठूलो रुप लियो । ती महिलाका श्रीमानले युवतीका दाई र बाबुलाई बोलाउने चेतावनी दिए ।
मामिला बढेसँगै जेजे कोलोनी निवासी पंकजले भवनको पाँचौँ तल्लाबाट हाम फालेर आत्महत्या गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
डिसिपी विजय कुमारका अनुसार श्रीमानको रिस र डरले महिलाले आफ्नो हातको नसासमेत काट्ने कोशिस गरेकी थिइन् ।
