आईपीएल: मुम्बईको शानदार जित, कोलकाताको योजना असफल हुँदा हैदराबादलाई फाइदा

एजेन्सी । इन्डियन प्रिमिएर लिग आईपीएल क्रिकेटमा लिग चरणका खेल सकिएको छ । आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइटराइडर्स ९ विकेटले पराजित गरेको छ । कोलकाताले हार्दा सनराइजर्स हैदराबाद प्लेअफमा स्थान बनाउन सफल भएको छ । यसअघि नै तीन टोलीले प्लेअफमा स्थान सुरक्षित गरिसकेका थिए । 

 

घरेलु मैदानमा मुम्बईले टस जितेर पहिले बलिङ राजेको थियो । पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १३३ रन मात्रै बनाउन सक्यो । १३४ रनको लक्ष्य मुम्बईले १६.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो । अघिल्ला खेलमा आक्रामक ब्याटिङ गरेका कोलकाताका ब्याट्सम्यानहरु जित्नै पर्ने खेलमा कमजोर सावित भएपछि पराजित हुन पुगेको हो । 

null

ओपनर क्रिस लिनले बनाएको ४१ रन नै कोलकाताका तर्फबाट बनेको सर्वाधिक रन बन्यो । रोविन उथाप्पाले ४० र नितिष रानाले २६ रन बनाए । आईपीएलको यस सिजनमा निरन्तर चम्किरहेका आन्द्रे रसेलका लागि यो खेल सबैभन्दा असफल खेल बन्यो । दोस्रो बलमा उनी क्याच आउट भए । 

कोलकाताका ब्याट्सम्यानलाई रोक्ने क्रममा मुम्बईका लागि लासिथ मालिंगाले ३ विकेट लिए भने जसप्रिट बुमराह र हार्दिक पाण्डेयले २–२ विकेट लिए । मुम्बईको जितमा कप्तान रोहित शर्माले ५५, सूर्यकुमार यादवले ४६ र क्वीनटन डीकोकले ३० रनको योगदान दिए । 

मुम्बईविरुद्ध जित निकालेर प्लेअफमा स्थान बनाउने कोलकाताको योजना असफल हुँदा हैदराबादलाई भने फाइदा पुग्यो । समान १२ अंक भए पनि नेट रनरेटमा कोलकाता र पञ्जाबलाई पछि पार्दै हैदराबाद प्लेअफमा पुगेको हो । उसले १८ अंक बनाएको दिल्लीसँग इलिमिनेटर खेल खेल्ने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *