यसरी आफ्नो कम्प्युटरलाई भाइरस मुक्त पार्नुहोस्

 

जेठ ५ । कम्प्युटर यस्तो चिज हो जहाँ हामी महत्वपूर्ण कार्यहरु गर्ने गर्दछौं । कम्प्युटर वा ल्यावटक अहिलेको जवानामा मानिसको लागि अति आवश्यक बस्तु भई सकेको छ । मानौँ यो मानिसको जिउँने आधार नै भई सकेको छ । 

तर यही कम्प्युरमा बेला–बेलामा लाग्ने भाईरसले गर्दा कम्प्युटर ह्याङ हुने अथवा कम्प्युटर फरम्याट गर्नुपर्ने अवस्था आउँछ । कम्युटर फरम्याट गर्दा हाम्रो महत्वपूर्ण फाईलहरु उड्ने हुन्छ जुन हाम्रो लागि अति आवश्यक रहेको हुन्छ । भाईरस कसरी लाग्छ र यसलाई कसरी बचाउन सकिन्छ तल दिर्ईएको छ । 

null

भाइरस कसरी लाग्छ भाइरसभाइरसका कारण बिस्तारै चल्ने, फाइल नदेखिने, आफैँ बन्द हुने, अनावश्यक फाइल बनेर मेमोरी फुल हुने, फाइल नखुल्ने र कम्प्युटरमा अनावश्यक साइड कट भएर बस्ने समस्या देखापर्छन् ।कम्प्युटरमा रहेको ब्लुटुथ, फाइल सेयरिङ फिचर, वाईफाई आदिबाट भाइरस सर्न सक्छ । 

इन्टरनेटबाट अनावश्यक सफ्टवेयर डाउनलोड, प्राइभेट सफ्टवेयर कपी, नेटवर्कबाट डाटा परिवर्तनजस्ता गतिविधि गर्दा कम्प्युटरमा भाइरस लाग्ने सम्भावना बढी हुन्छ । भाइरसले आक्रमण गरेपछि कम्प्युटर खुल्नसमेत ढिला हुन्छ । 

यसरी बचाउनुहाेस् भाइरसबाटअनावश्यक अनलाइन साइट खोल्दा भाइरस सर्ने गर्छन् । जस्तै, विभिन्न इमेल आफ्नो कम्प्युटरमा जथाभावी खोल्दा पनि भाइरस सर्न सक्छ । जथाभावी आउने इमेल पनि सकेसम्म चेक गर्नुहुँदैन । 

बजारबाट किनेर ल्याएका विभिन्न सिडी र इन्टरनेटबाट प्रोग्राम डाउनलोड गर्दा, पेनड्राइभ, मेमोरी कार्ड तथा फ्लपी डिस्कबाट फाइल सार्दा भाइरस सर्ने सम्भावना हुने भएकाले एन्टिभाइरस सफ्टवेयरलाई समय–समयमा अपडेट गराइराख्नुपर्छ । कम्प्युटरमा अनिवार्य एन्टिभाइरस राख्नुपर्छ ।  

पेनड्राइभ, सिडीमार्फत कम्प्युटरमा भाइरस लाग्ने भएकाले आफ्नो ल्यापटपमा राखेर खोल्नुपूर्व स्क्यान गर्न बिर्सिनुहुँदैन । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *