ग्रिजम्यानले किन छोड्दैछन् एट्लेटिको मड्रिड ?

 

जेठ १ काठमाडौं । फ्रान्सेली स्टार खेलाडी एन्टोनी ग्रिजम्यानले सिजनको अन्त्यसँगै एट्लेटिको मड्रिड छाड्ने भएका छन् । 

उनले क्लबसँग ५ वर्षको सम्झौता गरेका थिए । सो सम्झौता टुंगिन लाग्दै गर्दा उनले टिम छोड्ने घोषणा गरेका हुन् । टिम छोड्ने घोषणा गर्दै उनले भने, ‘मैँले क्लब छोड्ने निर्णय लिएको छु । म प्रशंसकलाई बिशेष धन्यवाद भन्न चाहन्छु । जसले मलाई यति धेरै माया दिनुभयो’, ग्रिजम्यानले भने । 

null

शनिबार हुने लेभान्टेविरुद्धको आफ्नो अन्तिम खेल भने उनले खेल्नेछन् । 

उनले एट्लेटिको मड्रिड छोड्ने घोषणा गरे लगतै प्रतिद्वन्दी क्लब बार्सिलोनाले ग्रिजम्यानलाई १ सय २० मिलियन युरोमा किन्न तयार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

फ्रेन्च फरवार्डले २ सय ५६ खेलमा १ सय ३३ गोल गरेका थिए । उनी सन् २०१४ मा रियल सोसिडाडबाट एट्लेटिको आएका थिए । उनले युरोपा लिग, स्पेनिस सुपर कप र युइएफए सुपर कप जितेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 6 =