केही कलाकार र मिडियाप्रति नायिका आँचल रुष्ट

बैशाख १८, काठमाडौँ । सुन्दर र मिजासिली स्वभाव भएकी नायिका आँचल शर्मा केही मिडिया र कलाकार प्रति रुष्ट भएकी छिन् । 

 

उनी धेरै प्रारिश्रमिक लिने कलाकार र जथाभावी हल्ला फिजाउँने मिडियाप्रति रुष्ट भएकी हुन् । आफूलाई मनमा लागेको कुरा बोल्न नहिचकिचाउने नायिकाको कुराले धेरै  कलाकारलाई  ब्यङ्ग्य गरेको जस्तो पनी लाग्छ । 

null

उनी भन्छिन् ‘यहाँ त मिडिया र कलाकार दुबैको गल्ती छ । पारिश्रमिक २०–३० लाख लियो अनी हल्ला गर्दै हिड्यो । मिडियाले पनि डिमाण्डेड नायिका भनिदिन्छ । कहिलेकाही त हामीलाई पनि पारिश्रमिक धेरै लिदा मात्र डिमाण्ड हुने रहेछ भन्ने लाग्छ ।’ 

मिडियामा आउने पारिश्रमिक र कलाकारले पाउने पारिश्रमिक एकै नहुने पनी उनी बताउँछिन् । उनले भनिन्–‘एउटा कलाकारले कम पारिश्रमिकमा साइन गरेर बाहिर आउँदा धेरै पैसा भनिदिन आग्रह गरेको मेरै आँखाले देखेको छुु,। 

कलाकारले आफ्नो अभिनय र समय हेरेर त्यही अनुसार पारिश्रमिक लिनुपर्ने आँचल बताउँछिन् । कलाकारले बढी पारिश्रमिक लिंदा निर्मातालाई गाह्रो भएको समेत उनी बताउँछिन् । आफुले निर्मातालाई असर पर्ने गरी पारीश्रमिक नलिएको पनी उनी बताउँछिन् । 

उनीद्वारा अभिनित चलचित्र ‘दाल भात तरकारी’ आगामी शुक्रबारदेखि देशभरका हलहरुमा प्रर्दशनमा आउँदैछ यस चलचित्र प्रति उनी निकै अशावादी भएको उनले बताएकी छिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *