विश्वकप उपाधिको प्रमुख दावेदार भारत न्युजिल्यान्डसँग पराजित

एजेन्सी । विश्वकपको उपाधि दाबेदार भारतले अभ्यास खेलमा लजास्पद हार व्यहोरेको छ । शनिबार भएको पहिलो अभ्यास खेलमा न्यूजिल्याण्डसँग ६ विकेटको पराजय भोगेको हो । इङ्ल्याण्डको लण्डनमा भएको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । पहिले ब्याटिङ ब्याटिङ गरेको भारत ३९.२ ओभरमा सबै विकेट गुमाई १७९ रनमा समेतियो । १८० रनको सामान्य लक्ष्य न्यूजिल्याण्डले ३७.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । 

 

भारतविरुद्ध सहज जित हात पार्ने क्रममा न्यूजिल्याण्डका रोस ट्रेलर र कप्तान केन विलियमसनले अर्धशतकीय पारी खेले । ट्रेलरले ७१ र विलियमसनले ७६ रन बनाए । मार्टिन गुप्टिलले २२ र हेनरी निकोलसले १५ रनको योगदान दिए । भारतका लागि जसप्रिट बुमराह, कुलदीप यादव, रवीन्द्र जडेजा, हार्दिक पाण्डेय र चहलले १–१ विकेट लिए । भारतलाई कम स्कोरमै रोक्ने क्रममा न्यूजिल्याण्डका ट्रन्ट बोल्टले ४ र जेम्स निशमले ३ विकेट लिए । 

null

ओपनरद्वय रोहित शर्मा र शिखर धावनलाई २–२ रनमा गुमाएको भारतीय टोलीका लागि सुरुवाती क्रमका कुनै ब्याट्सम्यानले रन बनाउन सकेनन् । कप्तान विराट कोहलीले १८ रनको योगदान गरे । धोनी १७ रनमा आउट भए । रविन्द्र जडेजाले ५४ र हार्दिक पाण्डेयले ३० रन बनाए । विश्वकप अघिको कमजोर प्रदर्शनले उपाधि दाबेदार मध्येको एक प्रमुख टोली भारतलाई झड्का लागेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *