जीप दुर्घटनामा ७ घाइते, चालकको अवस्था गम्भिर

 

जेठ १, बेनीघाट । बुधबार गोरखाको गण्डकी गाउँपालिका– २ स्थित दर्बुङ्गको रानीस्वरामामा जीप दुर्घटना हुँदा चालक दल सहित ७ घाइते भएका छन् । 

दुर्घटनामा परेका ७ मध्ये जीप चालकको स्वास्थ्य अवस्था गम्भिर भएको प्रहरीले जनाएको छ । 

null

घ्याल्चोक प्रहरी चौकीका प्रमुख असई लखन बहादुर चौधरीले जानकारी दिए अनुसार तान्लिचोकबाट गाउँपालिका कार्यालय जाँदै गरेको बा २० च ५४५० नम्बरको बोलेरो जिप घुम्तीमा मोड्न खोज्दा ब्याक गर्ने क्रममा सडकबाट करीब ४३ मिटर तल खसेर दुर्घटना भएको हो । 

 

घाइते हुनेमा चालक मिलन श्रेष्ठ, मिना पन्त, सीता लामिछाने, सारजन थापा, नरबहादुर थापा, दीपक थापा र लिला थापा रहेका छन् । 

उनीहरुको उपचार गजुरी अस्पतालमा भईरहेको छ भने घाईते चालकको अवस्था गम्भिर भएकोले  उनको उपचारको लागि काठमाडौं लगिएको छ । चालक बाहेक अन्य घाईतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *