सीके राउत भन्छन्– शिक्षित युवाहरु नभएका कारण स्थानीय तहमा बजेट दुरुपयोग भयो

 

बैशाख १८, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले उत्पादनमुलक क्षेत्रमा लगानी गरेमात्रै रोजगारीको अवसर सिर्जना हुने बताएका छन् । 

बुधबार काठमाडौंको किर्तिपुरमा आयोजित आफ्नो पार्टीको युवा संगठनको कार्यक्रममा बोल्दै अध्यक्ष राउतले यस्तो बताएका हुन् । 

null

स्थानीय तहको करोडौंको बजेट दुरुपयोग भइरहेको भन्दै उनले युवाहरुलाई यसको सदुपयोग गर्नका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि आग्रह गरे । 

अध्यक्ष राउतले शिक्षित युवाहरु नभएकै कारण स्थानीय तहमा बजेटको सदुपयोग हुन नसकेको स्पष्ट पार्दै सबै स्थानीय तहमा शिक्षित युवाहरुकै अभावमा विकास, निर्माणको कामले गति लिन नसकेको तर्क गरे। 

मधेस छुट्टै देश बनाउने अभियानमा लागेका सीके राउत सरकारसँग भएको ११ बुँदे सहमति पश्चात् खुला राजनीतिमा आएका छन् । 

सरकारसँग सहमति भएसँगै उनले आफ्नो पार्टीको नाम समेत परिवर्तन गरी स्वतन्त्र मधेस गठबन्धनबाट जनमत पार्टी राखेका छन् । 

सहमति पत्रमा देशको संविधान र भौगोलिक अखण्डता स्वीकार गर्ने, गठबन्धनका नेता कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता गर्ने र जेलमा रहेकालाई तत्काल रिहा गर्ने, प्रहरी हिरासतमा मृत्यु भएका कार्यकर्ताका परिवारलाई उचित क्षतिपुर्तिका साथमा एक जनालाई रोजगारी दिने लगायतका विषय उल्लेख गरिएको थियो । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *