कंगनाकाे फिल्मकाे मिती सार्वजनिक भएपछी किन ऋतिकले फिल्मको मिति सारे ?

बैशाख २९।  बलिउड अभिनेता ऋतिक रोशन अभिनित फिल्म ‘सुपर ३०’ र अभिनेत्री कंगना रनावत अभिनित फिल्म ‘मेन्टल हे क्या’ एकै मितिमा रिलिज हुन लागेको थियो । तर ऋतिकले सामाजिक सञ्जाल मार्फत फिल्मको मिति सार्ने घोषणा गरेका छन् । 

 

यो फिल्मले पहिला २६ जुलाई रिलिज डेट तोकेको थियो । एकता कपूरले मेन्टल हे क्याको रिलिज डेट सार्वजनिक गरेपछि ऋतिक पछी हटेका छन् । ऋतिकले मानसिक प्रताडनाबाट बच्नको लागि रिलिज डेट सारेको बताएका छन् । उनले लेखेका छन्, ‘म आफ्नो फिल्मलाई मिडियाको सर्कस बनाउन चाहन्न । त्यसैले मैले सुपर ३० को रिलिज डेट पछि सार्ने निर्णय लिएको छु । मैले मानसिक प्रताडनाबाट बच्नको लागि पनि रिलिज डेट सारेको हो । मान्छेहरु केहि वर्ष देखि हाम्रो विवादलाई प्रोत्साहन दिइरहेका छन् । यस्तो कुरा खुल्ला शोषण हो । म अहिले सम्म धैर्य र शान्तिसँग बसेको छु । यो समाजको अन्तर आत्माले यो मुद्धालाई ध्यान दिऊन ।’ 

null

कंगना र ऋतिक पूर्व प्रेमि प्रमिका हुन् । कंगना ऋतिकलाई पागल प्रेमी बताउँदै आएकी छिन् । उनीहरुको फिल्म एकै मितिमा लाग्दा मिडिया तात्ने धेरैको अनुमान थियो । तर ऋतिकले कंगनाको पागलपनसँग डराएर आफ्नो फिल्मलाई मिडियाको सर्कस बन्न नदिने बताएका छन् । 

कंगनाको फिल्म मेन्टल हे क्या पहिला २१ जूनमा लाग्दै थियो । तर केहि दिन अगाडी मात्रै एकता कपूरले यो फिल्मको रिलिज डेट फेरेकी हुन । यो फिल्ममा कंगनासँगै राजकुमार रावको मुख्य भुमिका रहेको छ । एजेन्सी– 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *