एथलेटिक्स संघमा पुन शाहको नेतृत्व

काठमाडौं, २५ चैत । नेपाल एथलेटिक्स संघको केन्द्रिय अध्यक्षमा पुन राजिव विक्रम शाह निर्वाचित भएका छन् । चितवनको सौराहामा आईतबार राती अवेर सम्पन्न संघको साधारण सभा तथा अधिवेशनले शाहलाई पुन ४ वर्षे कार्यकालका लागि निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । 

सदस्यहरु पनि अन्तत निर्विरोध निर्वाचित भए । सदस्यमा १७ जनाले इच्छा जाहेर गरेपनि अन्तिम समयमा निर्विरोध भएको थियो । १० जना सदस्यका लागि १७ जनाको उम्मेदवारी परेकोमा अन्तिम समय ७ जनाले मनोनयन फिर्ता लिएका हुन् । 

 

null

सदस्यहरुमा धनबीर चौधरी,दिपककुमार रानाभाट,मोहन वहादुर घले,तेजेन्द्र थापा,जितेन्द्र चौधरी,कुमार श्रेष्ठ,गजवहादुर गुरुङ,जनक वहादुर रावल र दिलवहादुर बम निर्वाचित भएका हुन् । निर्वाचित सदस्यहरुबाट पदाधिकारी चयन गरिने संघको प्रावधान रहेको छ । 

 

निर्वाचन प्रक्रियामा आर के विष्ट, प्रकास पाण्डेय, किशोरलाल अमात्य, गीता बस्नेत, चन्द्रा गिरी, गगन सिंह वराएर र शेरवहादुर चन्दले अन्तिम समयमा नाम फिर्ता लिएका थिए । अधिवेशनमा सातै प्रदेशका ५३ जना प्रतिनिधीले सहभागीता जनाएका थिए । निर्वाचित भए पश्चात अध्यक्ष राजिव विक्रम शाहले सबैको योगदानलाई कदर गर्दै एथलेटिक्स संघलाई थप क्रियाशिल बनाउने प्रतिवद्धता जनाए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =