आईपीएल: चेन्‍नई बैंगलोरसँग पराजित, धोनीको तुफानी पारी लागेन काम

एजेन्सी । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले तेस्रो जित हात पारेको छ । आइतबार बैंगलोरस्थित चिन्नास्वामी स्टेडियममा भएको खेलमा बैंग्लोरले शीर्ष स्थानको चेन्‍नई सुपर किङ्सलाई १ रनले पराजित गरेको हो । 

 

बैंगलोरले दिएको १ सय ६२ रनको लक्ष्य पछाएको चेन्‍नईले २० ओभरमा ८ विकेट गुमाएर १६० रन मात्र बनाउन सकेपछि चेन्नई पराजित हुन पुगेको हो । चेन्‍नईका लागि कप्तान महेन्द्र सिंह धोनीले सर्वाधिक ८४ रनको अर्धशतकीय पारी खेलेपनि जित दिलाउन असफल भए । 

null

धोनीले ४८ बलमा ५ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै अम्बाती रायडुले २९ तथा रविन्द्र जडेजाले ११ रन बनाए । बैंग्लोरका डेल स्टेन र उमेश यादवले समान २/२ विकेट लिए । 

यसअघि निर्धारित २० ओभर खेल्दै बैंगलोरले ७ विकेट गुमाएर १६१ रन बनाएको थियो । बैंगलोरका लागि पार्थिव पटेलले ५३ रन, मोइन अलिले २६, एबी डी भिलियर्सले २५ र अक्क्षदिप नाथले २४ रन बनाएका थिए । चेन्‍नईका दिपक चाहर, ड्याने ब्राभो र रविन्द्र जडेजाले २/२ विकेट लिएका थिए । 

बैंग्लोरले १० खेलबाट ६ अंक जोडेको छ भने पराजित चेन्नई शीर्ष स्थानमा यथावत रहेको छ । चेन्नईले १० खेलबाट १४ अंक जोडेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =