आईपीएल: रोमान्चक खेलमा मुम्बइ विजयी

एजेन्सी । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको गए राति भएको खेलमा मुम्बइ इण्डियन्स विजयी भएको छ । बुधबार भएको खेलमा घरेलु टोली मुम्बइले किङ्स इलाभेन पन्जाबलाई ३ विकेटले पराजित गरेको हो । 

 

वान्खडे क्रिकेट स्टेडियममा पन्जाबले दिएको १९८ रनको उच्च लक्ष्य मुम्बइले निर्धारित २० ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्‍यो । मुम्बइको जितमा केइरन पोलार्डले अर्धशतकीय इनिङ्स खेले । विस्फोटक ब्याटिङ गरेका पोलार्डले ८३ रन बनाए । 

null

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभर खेल्दै ४ विकेट गुमाएर १९७ रन बनाएको थियो । पन्जाबका लागि लोकेश राहुलले शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । 

ओपनर राहुलले अविजित रहदै १०० रनको योगदान दिए । यस्तै क्रिस गेलले अर्धशतकीय इनिङ्स खेले । गेल ६३ रनमा आउट भए । मुम्बईका हार्दिक पाण्डयाले २ विकेट लिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =