एसीसी यू–१६ क्रिकेट टोलीको घोषणा, नेपालकाे पहिलाे प्रतिस्पर्धा म्यानमारसँग
२०७६ वैशाख ५ गते

बैशाख ४, काठमाडौं । थाइल्याण्डमा हुन लागेको एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
अप्रिल २० देखि २८ सम्म हुने यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताका लागि बुधबार १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
null
विशाल विक्रम केसीको कप्तानीमा आशिस भट्टराई, प्रसान्त महत, अर्जुन कुमाल, दिपक बोहोरा, सुवाष ऐर, निखिल कुमार सिंह, बिशाल कुमार पटेल, कृष कार्की, तिलक राज भण्डारी, रमेश कुर्मी, रोशन दुधराज बिक, प्रसान्त सिंह र सुशान्त थापा बिहीबार थाइल्याण्ड प्रस्थान गर्नेछन् ।
टोलीमा चार बैकल्पिक खेलाडी समेत राखिएको छ ।
साबिकको विजेता समेत रहेको नेपालले पहिलो खेल (अप्रिल २०) मा म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ ।
२०७६ वैशाख ५ गते
प्रतिक्रिया
सम्बन्धित








