जन्मसिद्धका सन्तानलाई वंशजको आधारमा नागरिकता नदिन सर्वोच्चको अन्तरिम आदेश

 

चैत २६, काठमाडौं । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन गृह मन्त्रालयले ७७ वटै जिल्लामा पठाएको परिपत्र कार्यान्वयन नर्गन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । 

सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गृहको परिपत्र यथास्थितिमा राखि परिपत्र जारी गर्नुको यथोचित कारणसहित अदालत उपस्थित सरकारलाई आदेश दिएको हो । सर्वोच्चले बैशाख ३ गते छलफलका लागि उपस्थित हुन भनेको छ । 

null

अधिवक्ता बालकृष्ण न्यौपानेले विद्यमान कानुनअनुसार जन्मसिद्धलाई वंशज नागरिकता प्रदान गर्नु कानुनसम्मत नभएको भन्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। 

सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्रालयलाई यस्तो आदेश दिएको हो। 

गृहमन्त्रालयले गत चैत १९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर जन्मसिद्ध नागरिकता प्राप्त गर्नेका सन्तानलाई कानून बमोजिम वंशजका आधारमा नागरिकता दिन निर्देशन दिएको थियो।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *