ला लिगा: बार्सिलोनाको जितमा मेस्सीले बनाए नयाँ रेकर्ड

एजेन्सी । स्पेनिस ला लिगामा स्टार स्ट्राइकर लियोनल मेस्सीले नयाँ रेकर्ड बनाउँदा बार्सिलोनाले जित हात पारेको छ । बार्सिलोनाका लागि लियोनल मेस्सीले एउटै क्लबबाट सर्वाधिक खेल जित्ने खेलाडीको रेकर्ड बनाएका हुन् । 

 

मेस्सीले बार्सिलोनाका लागि हालसम्म खेलेका खेलमध्ये ३ सय ७५ खेलमा जित निकाल्न सफल भएका छन् । शनिबार राति भएको खेलमा बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पाराजित गरेको हो । 

null

पहिलो हाफ गोलरहीत बराबरीमा सकिएको खेलको ८५ औं मिनेटमा लुई स्वारेजले गोल गर्दै घरेलु टोली बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेटमै बार्सिलोनाका कप्तान मेस्सीले गोल गर्दै टिमलाई महत्वपूर्ण ३ अंक दिलाए । यो जितसँगै बार्सिलोनाले लिगमा दोस्रो स्थानको एट्लेटिकोसँग ११ अंकको अग्रता बनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 18 =