राप्रपा र राजाको साँठगाँठ कि संयोग मात्रै ?

 

राष्ट्रिय प्रजातन्त्र पार्टी पछिल्लो समय फेरि सक्रिय भएको छ । संविधान र गणतान्त्रिक एजेन्डा बोकेका दलहरुसँग मिलेर सरकारमा गएको राप्रपा फेरि त्यसैको विरोध गरी राष्ट्रव्यापि अभियानमा जुटेको हो । 

गणतन्त्र, धर्मनिरपेक्षता र राजसंस्थाका विरोधी दलहरुसँग सहकार्य गरेपछि राप्रपाले पहिलेको आफ्नो साख गुमायो । फल स्वरुप गएको चुनावमा राष्ट्रिय दल समेत बन्न सकेन । अहिले राप्रपासँगै राजाको पनि सक्रियता बढ्न थालेपछि धेरैले राजा र राप्रपाको सक्रियतालाई शंकाको दृष्टिले पनि हेरिरहेका छन् । आखिर के छ राप्रपा र पूर्वराजाको साँठगाँठ ? अनि, गुम्दै गएको विश्वास फेरि पाउला राप्रपाले ? राप्रपाका सहमहामन्त्री अर्जुन राईसँग हामीले कुराकानी गरेका छौँ । 

null

हामीले राष्ट्रव्यापि रुपमा एक किसिमको जनआन्दोलन नै गरिरहेका छौँ । मेची महाकाली यात्रा सञ्चालन गरिरहेका छौं । संघीयता र धर्म निरपेक्षताका बारेमा पार्टीले राखेका फरक मतहरुका बारेमा तपाईहरुलाई थाहा पनि छ । यही शिलशिलामा राष्ट्रिय अखण्डता जोगाउनका निमित्त, राष्ट्रिय एकता कायम राख्नका लागि गरिएको अभियान हो । 

आरोप लगाउने, विस्वास नगर्ने मान्छे अनुुसारको सोच हुन्छ । हाम्रा पनि कमि कमजोरी नभएका होइनन् । नेतृत्व तहबाट, पार्टीबाट कमजोरीहरु भएका छन । त्यसलाई आत्मसाथ गरेर गलत नै गरेका थियौँ भनेर सार्वजनिक रुपबाट जनता समक्ष माफि मागि सकिएको अवस्था पनि छ । अब त्यसलाई दोहोरिन दिँदैनौं । 

जुन सरकार आयो त्यसमा जानुपर्छ भनिनु गलत नै थियो । तर, अब हाम्रो मिसन, लक्ष्य, हामीले उठाएका मुद्दा सफल नभईकन सरकारमा जादैनाैं । जनताको माझमा कसम खाइसकेका छौं । अब रह्यो सिजनल काम गर्ने कुरा आफुलाई सहज हुँदा काम गर्ने, अप्ठ्यारो पर्दाखेरी पछाडि हट्ने भन्ने होइन । हिन्दुराष्ट्र पुर्नस्थापन हुनुुपर्छ । संसारको एकमात्र हिन्दु राष्ट्र नेपाल हो । पहिचानको निमित्त, राष्ट्रियताको संरक्षणका लागि, राष्ट्रिय एकता र अखण्डताका लागि हिन्दु राष्ट्र आबश्यक छ भन्ने निष्कर्षमा पुगेका छौं । 

राज संस्थाको बारेमा पनि बिभिन्न पार्टीभित्र आ–आफ्ना बिचारहरु होलान् । मुलुकको राष्ट्रिय अखण्डता र राष्ट्रिय एकताको निमित्त राज संस्थाले इतिहासमा गरेको योगदानको आधारमा स्पेस दिँदा मुलुकलाई हित हुुन्छ । राजसंस्था पनि एउटा शक्ति हो । परम्परागत राजसंस्था र परिवर्तनकारी शक्तिहरु एक भएर अगाडी बढ्दा हामी सफल हुुन्छौं । 

यसमा कतै राजासँग साँठगाँठ, सहमति र सहकार्यको कल्पना नगर्दा हुुन्छ । हामीले हाम्रो बिचार अगाडि राखिरहेका छौं । राजा एउटा स्वतन्त्र व्यक्ति भएको हिसावले उनी कसरी जनतामाझ गइरहेका छन्, डुलिरहेका छन् त्यसमा हाम्रो सरोकार छैन । 

राप्रपाले राजासँग साँठगाँठ गरेर बिचारलाई अगाडि ल्याएको होइन । परिस्थिति, इतिहास र अहिलेको बर्तमान अबस्थालाई हेरेर भोली राष्ट्रमा आइपर्ने संभावित भार, चुुनौतिहरुलाई सामना गर्नका लागि राजसंस्थालाई पनि सम्बोधन गरेर लैजाँदा मुलुकका लागि राम्रो हुन्छ भन्ने हो । 

जतिबेला राजालाई हटाइयो त्यस पछी उनी चुुपचाप कोठामा थुनियर बसेको अबस्था होइन । धार्मिक स्थलहरुको दर्शन गर्ने, ब्यक्तिगत भेटघाट देखी स्वास्थ्य उपचार लगाएत बिभिन्न बहानामा मुभमेन्ट गरिराखेकै अबस्था छ । 

त्यो ठुलो कुुरो त होइन । तर, अलिकति राजाको मुभमेन्ट बढ्योकि भन्ने चाहिँ कहाँ आएर सान्दर्भिक देखिन्छ भने, एक दशक त भइसक्यो नि राजसंस्थालाई हामीले हटाएको । यो एक दशकमा नेपाली जनताले परिवर्तनको अनुभुति गर्न नसकेको स्थिति हो । 

जनताले अपेक्षा गरेको कुुरोलाई हामीले अनभुुत गराउन नसकेको कारणले राजा आए हुुन्थ्योकि वा सकृय भए हुन्थ्यो भन्ने चैं छ । 

त्यो त निर्वाचनको परिणामले देखाईहाल्यो । बिभिन्न घटनाक्रमले नै देखाईराखेको छ । जुनबेला राष्ट्रिय प्रजातन्त्र पार्टी एक भएर लडेको थियो दुई दुई जना प्रधानमन्त्रि बनेका थिए । संसदको साँचोको रुपमा बसेको पार्टी हो । जतिबेला फुटेर गयो त्यो कमजोर अबस्था हो, त्यसमाथि अहिलेको पछिल्लो अबस्था त झनै निराशाजनक नै भन्नुपर्छ । हामी तीन वटा पार्टी एक भएर लड्दा पनि राष्ट्रिय स्तरको पार्टी हुन सकेनौं । 

जुटेर नै केही गर्न सक्ने अबस्था छ । एकता नै बल हो, त्यसले बैकल्पिक शक्ति बन्न सकिन्छ । सैद्धान्तिक रुपमा मुलुकलाई वा समाजलाई परिवर्तन गर्न सकिन्छ । हामीले फुटबाट धेरै पाठ सिकेका छौं । 

जनता भनेको सधैं सापेक्ष हुँदैनन् । निरपेक्ष पनि हुन्छन् । जनता कसैको बिचारको बन्दी पनि होइन । जनताको पक्षमा र मुलुकको हितमा जसले बढि काम गर्न सक्छ त्यसलाई जहिल्यै पनि जनताले साथ दिन्छन् । ठिकै हो, हामीले जनताको भावना अनुुसारको काम गर्न सकेनौं । मुलुककाे आवश्यकता अनुसार काम गर्न सकेनौं । रत, त्यहि किसिमले जनमत जनताले दिए । 

अहिले कम्युनिष्ट सरकारलाई जनताले जुन म्यान्डेड दिएका थिए त्यो पुरा हुन सकेको अवस्था छैन । डेढ वर्षको अवधिमा यो सरकारले त्यस्तो उल्लेख्य र आशा जाग्ने कामहरु गर्न सकेको छैन । नेपाली जनताको आवश्यक्ता पुरा गर्ने हिसावले हामी अगाडि बढ्दा जनता हाम्रो पक्षमा आउँदैनन् भन्ने कुरै हुदैन । 

हामीसँग ९४ प्रतिशत हिन्दु, किराँत र बौद्ध धर्म मान्ने समुदायहरु छन् । परम्परादेखि एक किसिमको सस्कृति र धर्ममा आस्थामा अभ्यस्त भएर आएको समाज हो नेपाली समाज । 

अहिले धर्म सस्कृति र परम्परालाई हठात बनाउने काम भएको छ । यसका विरुद्ध जनता हामीसँग छन् । यो हिन्दु राष्ट्र हो भनेर पहिचान राख्नका लागि हामीले जुुन मुद्दा उठाईराख्या छौं । त्यसका समर्थनमा जनता आइसकेका छन् । 

संघीयता लगभग असफल भएको छ । सरकारमा बस्नेहरुले पनि देखिसक्या छन् । संघियता हटाएर स्थानीय सरकारलाई बलियो बनाए आर्थिक भार पनि कम हुन्छ । देशलाई छिन्न भिन्न बनाउने स्थिति पनि बन्द हुन्छ । हामीले जनाताको चाहना अनुसारका विषय उठाएकाले फेरि जनताले साथ दिन्छन् भन्ने विस्वास छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *