मल्टिप्लेक्समा ‘छक्का पन्जा २’ लाई नो शोज

बैशाख १३, काठमाडौँ । करिब डेढ बर्ष अगाडी प्रर्दशनमा आएको चलचित्र ‘छक्का पन्जा २’लाई फेरि रिलिज गर्दा यस चलचित्रले काठमाण्डौका कुनै पनि मल्टिप्लेक्समा शोज पाउन सकेन । 

‘छक्का पन्जा २’लाई फेरि प्रर्दशनमा ल्याएर यस चलचित्रबाट उठेको रकम समाज सेवामा समर्पित गर्ने दिपकराज र उनको टिमको योजना रहेकाे छ । ‘छक्का पन्जा २’लाई फेरि प्रदर्शनमा आउने भनेर ठमाण्डौका मप्लिप्लेक्सले पनि चलचित्र आउँदैछ भनि आफ्नो वेवसाइटमा जानकारी समेत गराएका थिए । 

तर हलिउड चलचित्र ‘एभेन्जर्स इन्ड गेम’ले बक्स अफिसमा धमका मच्याएपछी आज शुक्रबार प्रदर्शनमा आएको ‘छक्का पन्जा २’  ले काठमाण्डौकाे कुनै पनि मल्टिप्लेक्स हलमा शो पाउन नसकेकाे हाे । 

null

‘आमा सरस्वती मुभिज’ ब्यानरमा निर्माण भएको यस चलचित्रले काठमाडौँ बाहिर ५० बढी हलमा स्थान पाएको छ भने काठमाडौँ भित्र सिंगल थिएटरमा मात्र स्थान पाउन  सफल भएकाे छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *