विराटको बैंग्लोरविरुद्ध भिड्दै दिल्ली, मैदानमा अटाउलान् सन्दीप ?

 

चैत २४, काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदैछ । 

आईपीएलमा आइतबार नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले विराट कोहलीको रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्दैछ । अर्को खेलमा राजस्थान रोयल्स र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । 

null

बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा दिल्ली र बैंगलोरबीचको खेल दिउँसो ४ः१५ मा सुरु हुनेछ । यस्तै राजस्थान रोयल्स र कोलकत्ता नाइट राइडर्सबीचको खेल राति ८ः१५ मा सुरु हुनेछ । 

५ खेलमा जित निकालेको सन्दीपको टिम दिल्ली आज पनि बैंगलोरविरुद्ध जितको खोजीमा हुनेछ भने अघिल्ला पाँच खेलमा हार बेहोरेको बैंगलोर पहिलो जितको खोजीमा हुनेछ । 

बैंगलोरविरुद्ध दिल्लीले आज सन्दीपलाई मैदान उतार्ने सम्भावना बलियो रहेको छ । नेपाली लेग स्पिनर सन्दीपलाई मैदान उतार्ने सम्भावना बलियो रहेको छ । 

दिल्लीले नेपाली स्पिनर सन्दीप लामिछानेलाई सुरुवाती दुई खेलमा अलग राखेपनि बाँकी तीन खेलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । 

कोलकताविरुद्ध सन्दीपले एक विकेट, पन्जाबविरुद्ध दुई तथा सनराइजर्स हैदरावादविरुद्ध पनि एक विकेट लिएका थिए। बैंग्लोरविरुद्ध पनि सन्दीपलाई क्रिकइन्फो लगायत क्रिकेटका वेवसाइटहरुले सम्भावित सुरुवाती एघारमा राखेका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *