आइपीएल: पन्जाबलाई पराजित गर्दै चेन्‍नई शीर्ष स्थानमा उक्लियो

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत चेन्‍नई सुपर किङ्स शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा किङ्स -११ पन्जाबलाई २२ रनले पराजित गर्दै चेन्‍नई आईपीएलको शीर्ष स्थानमा उक्लिएको हो । चेन्‍नईको घरेलु मैदानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६० रन पुरा गरेको थियो । 

जवाफमा १ सय ६१ रनको लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै मात्र १ सय ३८ रन बनाउन सक्यो । पन्जाबका लागि सर्फराज खानले सर्वाधिक ६७ रनको योगदान गरे । ६९ बल खेलका उनले ४ चौका र २ छक्काको सहयोगमा अर्धशतक बनाएका हुन् । त्यस्तै केएल राउलले ५५ रन बनाउदा बाँकि ब्याट्म्यानहरुले दोहोरो रन जोड्न सकेनन् । बलिङतर्फ चेन्नईका हरभजन सिंह र स्कटले समान दुई दुई विकेट लिए । त्यस्तै दीपक चहार एक विकेट लिए । 

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निध्र्रारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ६० रन बनाएको थियो । चेन्‍नईका लागि फाप डु प्लेसिसले अर्धशतकीय इनिङ्स खेले । ३८ बल खेलेका उनले २ चौका र ४ छक्काको सहयोगमा ५४ रन पूरा गरे । त्यस्तै कप्तान महेन्द्रसिंह धोनीले ३७ रन बनाउँदा शेन वाट्सनले २६ रन जोड्न सफल भए । चेन्नईका लागि सुरेश रैनाले १७ रनको योगदान गर्दा अम्बाटी रायुडुले २१ रनको जोडे । बलिङतर्फ पन्जाबका लागि रविचन्द्रन अश्विनले सर्वाधिक तीन विकेट लिए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 3 =