ओपो एफ ११ प्रो नेपालमा सार्वजनिक गर्ने तैयारी

 

चैत्र २१, काठमाडौं । ओपोले एफ सिरिज स्मार्टफोन अन्तर्गत ओपो एफ ११ र एफ ११ प्रो नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । उपभोक्तालाई उत्कृष्ट क्षमता सहितको रियर क्यामेरा मार्फत ब्रिलियण्ट पोट्रेट लिन सघाउने सोचका साथ यसमा ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली उपलब्ध गरिएको छ । 

उपभोक्तालाई थप आरामदायी र त्रुटी रहित प्रयोग अनुभव उपलब्ध गराउने उद्देश्यका साथ नयाँ फोनमा एफ सिरिज मातहतका उत्कृष्ट सेल्फी फञ्सनका साथै एफ ११मा विभिन्न नवप्रबर्तनात्मक प्रविधिहरु सहित नयाँ राइजिङ क्यामेरा, पानारोमिक स्क्रिन र स्लिक ग्राडियण्ट डिजाइन लगायत सुविधा उपलब्ध गरिएका छन् । 

null

सेल्फी एक्स्पर्टबाट ब्रिलियण्ट पोट्रेट तिर 

सेल्फी एक्स्पर्ट तथा लिडर ओपो, उत्कृष्ट तस्विर मार्फत आफ्नो तथा वरपरका जगत्प्रतिको आफ्नो दृष्टिकोण प्रस्तुत/सेयर गर्न नवप्रबर्तन उपलब्ध गराउन सदैव प्रतिबद्ध छ । 

ओपोले पहिलो पटक स्मार्टफोन फोटोग्राफी मै सर्वाधिक लोकप्रिय फञ्सनका रुपमा लिइएको सेल्फी फञ्सनलाई आफ्नो फोन मार्फत उपलब्ध गराएको थियो । ओपोले यसमा निरन्तर परिस्कृतिकरण गर्दै सेल्फी प्रविधि तथा फ्रण्ट क्यामेरामा नवप्रबर्तन उपलब्ध गराउँदै गयो । 

सेल्फी कलालाई दृष्टिगत गर्दै पस्किएका यी नयाँ ओपोलाई छोटो समयमा नै सेल्फी एक्स्पर्टका रुपमा स्थापित गर्यो भने विश्वब्यापी रुपमै सर्वाधिक लोकप्रिय ब्राण्डको पहिचान पनि दिलायो । 

कम्पनीले पहिलो पटक उत्कृष्ट डेप्थ अफ फिल्ड ईफेक्ट दिने डुअल रियर क्यामेरा एफनाइनको साथमा उपलब्ध गराएको थियो जसलाई उपभोक्ताले अत्याधिक रुचाए । एफनाइनको उत्कृष्ट डुअल रियर क्यामेरा र पोट्रेट प्रविधिमा थप सुदृद्धिकरण तथा परिस्कृतिकरण उपलब्ध गराउँदै ओपोको एफ ११ सिरिजले एफ सिरिजलाई थप नयाँ उचाई र लोकप्रियता प्रदान गर्दै आफ्नो परिचय सेल्फी एक्स्पर्टबाट ब्रिलियण्ट पोट्रेटका रुपमा स्थापित गर्न कम्पनी अग्रसर देखिएको छ । 

४८ एमपी अल्ट्रा–क्ल्यिर ईमेज र अल्ट्रा–क्लियर नाइट मोड 

ओपोको एफ ११ र एफ ११ प्रो दुबैमा एफ सिरिज अन्तर्गतको सर्वाधिक अत्याधुनिक क्यामेरा प्रणाली उपलब्ध छन् । रियर क्यामेरा सहितका ओपो एफ ११ र एफ ११ प्रोमा अल्ट्रा–हाई स्ट्याण्डर्ड ४८एमपी+५ एमपी डुअल रियर क्यामेरा प्रणाली जडान गरिएको छ । साथै पर्याप्त प्रकाशका लागि यसमा एफ १.७९ एपर्चर, बल बियरिङ क्लोज्ड लुप भीसीएम, ६पी लेन्स र १/२.३ ईञ्च ईमेज सेन्सर्सपनि जडान गरिएका छन् । 

दिनको उज्यालोमा यी उपकरणले सहजै ४८ एमपी अल्ट्रा एचडी तस्विर खिच्न सक्छन् । कम प्रकाश भएका स्थानमा एफ ११को टेट्रा सेल प्रविधिले चार एड्जासेन्ट पिक्सेलद्वारा संकलित डाटाको परिक्षण र सम्मिश्रण पश्चात १.६ माइक्रोमिटर बराबरको संयुक्त पिक्सेल निर्माण गर्छ । यसले फोटोसेन्सिटिभ पिक्सेलको आकारलाई दोब्बर बनाइ थप चहकिलो र कम न्वाइज सहितका नाइट पोट्रेट खिच्न सघाउँछ । 

एफ ११ र एफ ११ प्रो दुबैमा अल्ट्रा–क्लियर नाइट मोड र कलर म्यापिङ, विशेष स्मार्टफोन फोटोग्राफीकै लागि विकसित ओपोको सिष्टम लेभल अप्टिमाइजेशन सोल्युशन उपलब्ध गरिएको छ । 

यो प्रणालीले स्वचालित रुपमा खिच्न लागिएका दृष्यको पहिचान गरी निर्धारित अप्टिमाइजेशन सोल्यूनसँग मिलान गर्छ । अल्ट्रा–नाइट मोड मार्फत यसले पोट्रेट र ब्याकग्राउण्डको पहिचान गरी मुहारमा केन्द्रित हुँदै रातको समयमा खिचिएका पोट्रेटमा छालाको रंग मिलान गर्दै तस्विरलाई जीवन्तता प्रदान गर्छ । 

साथै, यसले बुद्धिमता पूर्वक समग्र न्वाइज घटाउने, अत्याधिक चमक भएमा हटाउने, गतिशील दायरामा सुधार गरी राती खिचिने तस्विरलाई थप स्पष्ट, प्राकृतिक र आकर्षक बनाउने दावि गरिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *