नेपाललाई हेप्ने दिन गएः प्रधानमन्त्री

 

चैत २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आयात कम, निर्यात बढाउनेतिर सरकार केन्द्रित भएको बताएका छन् । 

राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रम ओलीले यस्तो बताएका हुन् । मुलुकलाई गरिबीमुक्त बनाउनका लागि नेपाली युवा खाडी जाने क्रम रोक्नुपर्ने उनको भनाइ छ । 

null

मुलुकको मुख्य समस्या नै गरिबी रहेको उल्लेख गर्दै प्रम ओलीले भने, ‘अब नेपाललाई हेप्ने दिन गए । आगामी चार–पाँच वर्षभित्र नेपाललाई गरिबीमुक्त राष्ट्रको रुपमा घोषणा गरिनेछ । छाक टार्नका लागि नेपाली युवाहरु खाडी जानुपर्ने छैन ।’ 

नेपालमा सबै किसिमका वस्तुहरु उत्पादन हुने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले कृषिमा आधुनिकीकरण बढाई उत्पादनबाटै नेपाल र नेपाली धनी हुने बताए । 

पछिल्लो समय प्रधानमन्त्रीले विभिन्न कार्यक्रममा भ्रष्टाचार र गरिबी हटाउने दाबी गर्दै आएका छन् । 

आइतबार सिंहदरबारमा बसेको गरिबी निवारण कोषको ७० औं सञ्चालक समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रम ओलीले आफूलाई भ्रष्टारको गन्ध पनि सैह्य नहुने बताएका थिए । 

प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको नीतिलाई व्यवहारमा लागु गर्न सबै सरकारी निकायलाई आग्रह गर्दै आएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *