फ्रेन्च लिग: लिलेसँग पिएसजीको नमीठो हार

एजेन्सी । फ्रेन्च फुटबल लिग वान अन्तरगत आइतबार राती सम्पन्न खेलमा लिगको दोश्रो स्थानमा रहेको लिलेले पहिलो स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ५-१ को हार चखाएको छ । हिजोको खेलमा लिलेले आत्मघाती गोलबाट अग्रता बनाएको थियो । खेलको ७ औं मिनेटमा पीएसजीका थोमस म्युनियरले आत्मघाती गोल गरेका थिए । उनले छेकाको प्रहार रोक्न खोज्दा डिफ्क्लेटबाट गोल भएको थियो । 

 

आत्मघाती गोलबाट पछि परेको पिएसजीका लागि ११ औं मिनेटमा जुवान बर्नाटले बराबरी गोल फर्काएका थिए । तर ३६ औं मिनेटमा उनी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । यसरी १० खेलाडीमा सिमित हुन पुगेको पिएसजीले दोश्रो हाफमा ४ गोल खाँदै नतिजा सुम्पियो । पिएसजीलाई ५-१ ले पराजित गर्ने क्रममा खेलको ५२ औं मिनेटमा निकोलस पेपेले गोल गरे भने ६५ औं मिनेटमा जोनाथन वाम्वाले टोलीका लागि तेश्रो गोल गरेका थिए । 

null

 

यो सिलसिला यसमै रोकिएन त्यसपछि लेलेले क्रमशः ७२ औं र ८४ औं मिनेटमा गोल गर्‍यो । उसका लागि ती दुई गोल क्रमशः ग्राब्रियल तथा जोसे फोन्टेले गरेका थिए । हिजोको हारसँगै लिग वानको विजेता बन्ने पिएसजीको सपना अर्को खेलसम्मका लागि सरेको छ । मात्र एक खेल जितेमा पिएसजी यस सिजनको लिग विजेता बन्ने छ । ३१ खेल खेलेको पिएसजीको ८१ अंक रहेको छ भने ऊ भन्दा एक खेल बढि खेलेको लिलेको ६४ अंक रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *