युइएफए युरोपा लिग: आर्सनल सेमिफाइनलम प्रवेश, नेपोलीको २० सट खेर

एजेन्सी । युइएफए युरोपा लिग फुटबलको सेमिफाइनलमा इंग्लिस क्लब आर्सनल प्रवेश गरेको छ । युरोपा लिग अन्तर्गत बिहीबार राति भएको दोस्रो लेगमा आर्सनलले इटालियन क्लब नेपोलीलाई १–० ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । 

 

आर्सनलले समग्रमा ३–० को जित निकालेको हो । पहिलो लेग २–० ले जित हात पारेको आर्सनलले नेपोलीको मैदानमा खेलको ३६ औं मिनेटमा एलेसान्द्रे लाकाजेट्टी गोल गरेपछि विजयी बन्यो । घरेलु टोलीले आर्सनललाई दवावमा राखेपनि आर्सनलको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा पराजित हुन पुग्यो । नेपोलीले ६९ प्रतिशत बल पोजेसन राख्दै २० सट प्रहार गरेपनि गोल गर्न असफल रह्यो । 

null

बिहीबार राति भएको अर्को खेलमा जर्मन क्लब फ्रान्कफर्टले पोर्चुगिज क्लब बेन्फिकालाई २–० पराजित गर्दै सेमिफाइनलको यात्राा तय ग¥यो । समग्रमा ४–४ गोलको बराबरी भएपनि फ्रान्कफर्ट अवे गोलमा अघि बढेको थियो । त्यस्तै, भ्यालेन्सियाले भिल्ला रियाललाई २–० ले तथा समग्रमा ५–१ को जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भयो । 

यससँगै युरोपा लिगको सेमिफाइनल समिकरण पुरा भएको छ । इंग्लिस क्लब चेल्सीसँगै जर्मन क्लब फ्रान्कफर्ट र स्पेनिस क्लब भ्यालेन्सियाले अन्तिम चारको यात्रा तय गरे । अब सेमिफाइनलमा चेल्सी र फ्रान्कफर्ट तथा आर्सनल र भ्यालेन्सियाबीच खेल हुनेछ । खेल मे ३ मा हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *