सरकारी छाप किर्ते गरेको आरोपमा पूर्व सभासद यादव पक्राउ

 

बैशाख ५, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य एवं पूर्वसभासद बिपी यादव पक्राउ परेका छन् । 

सरकारी छाप किर्ते गरी नक्कली उपभोक्ता समिति बनाएको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले बताए । 

null

भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्रिसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडक निर्माणमा किर्ते उपभोक्ता समितिमार्फत् उनले बैंक खाता समेत खोलेका थिए । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 यसअघि सभासद् भएको बेलामा पनि उनी रातो पासपोर्ट दुरुपयोग गरेको आरोपमा पक्राउ परेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *