रोहित शर्माले स्टम्पमा ब्याटले हानेपछि..

एजेन्सी । मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मामाथि खेल भावनाविपरीत अनुचित व्यवहारका लागि जरिबाना लगाइएको छ । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत आइतबार राति कोलकाताविरुद्धको खेलमा आउट भएपछि रोहितले अम्पायरको निर्णयको विरोध जनाउँदै स्टम्पमा ब्याट्ले हानेका थिए । 

 

रोहितको यो व्यवहारलाई इण्डियन प्रिमियर लिगको आचारसंहिता उल्लंघन मान्दै उनीमाथि खेलको शुल्कको १५ प्रतिशत जरिबाना लगाइएको छ । आइतबार भएको खेलमा मुम्बईले कोलकातासँग ३४ रनको हार बेहोरेको थियो भने कोलकत्ताले लगातार ६ खेलको हारलाई तोड्न सफल भएको थियो । 

null

कोलकाताले पहिले ब्याटिङ गर्दै २ सय ३२ रनको विशाल योगफल तयार पारेको थियो । २ सय ३३ रनको लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको मुम्बईले २० ओभर खेल्दै १ सय ९८ रनमात्र बनाउन सक्यो । यो खेलमा रोहित ह्यारी गुर्नेको बलमा एलबीडब्ल्यू आउट भएका थिए । 

रोहितले अम्पाएरको निर्णयलाई नकार्दै डीआरएस लिएका थिए र थर्ड अम्पायरले पनि उनलाई आउट नै दिए । अम्पायरको निर्णयबाट असन्तुष्ट भएका रोहितले मैदान छोड्नुपूर्व नन स्ट्राइकको स्टम्पमा ब्याटले हानेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 6 =