५० वर्षीय पुरुषले १९ वर्षीय युवतीसँग विवाह गर्न लाग्दा

२०७६ वैशाख १३ गते

सिरहा, १३ वैशाख । सिरहामा १९ वर्षीय युवती विवाह गर्न खोज्ने ५० वर्षीय पुरुष पक्राउ परेका छन् । १९ वर्षीया किशोरीसँग जनकपुरधामको रामजानकी मन्दिरमा बिहे गर्न खोज्दा प्रहरीले मण्डपबाटै उनीसहित ५ जनालाई पक्राउ गरेको हो ।
सिरहाको बरियारपट्टि गाउँपालिका ५ हरिपुरका ५० वर्षीय जीवेन्द्रनारायण यादवले सिरहाकै औरही गाउँपालिका ३ की १९ वर्षीया किशोरीसँग बिहे गर्न लागेका थिए । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

२०७६ वैशाख १३ गते
प्रतिक्रिया
सम्बन्धित