नेपाली विमानलाई मिलेन अनुमति, दुबईको विमान १७ मिनेट ढिलोहुँदा पनि उडान


काठमाडौं, २८ चैत । काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका छन् । केहीले चिकित्सकको आन्दोलनले सेवाप्रवाहमा परेको असरबारे लेखेका छन् भने कुनैको नजर भद्रगोल उडानमाथि परेको छ । त्यस्तै, ललितानिवास जग्गा खरीद प्रकरण, भारतीय चुनावलगायत विषयको ‘कभरेज’ पनि आजका पत्रपत्रिकाहरुमा छ ।
कान्तिपुर दैनिकको नजर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनमाथि परेको छ । समाचार अनुसार, पछिल्ला केही समययता उडान भद्रगोल बनेका छन् । उडान गर्न नमिल्ने सूचना (नोटाम) जारी भएको १७ मिनेटपछि समेत फ्लाई दुबईलाई उडान अनुमति दिइएको छ भने ट्याक्सी वेमा पुगेको जेटको विमानमा पाइलटले इन्धन अभाव भएको जनाउँदै पुनः पार्किङमा ल्याई तीन यात्रु थपेका छन् । पछिल्ला उडानमा यस्ता कैयन बेथितिहरु देखिएको कान्तिपुर समाचारको सार छ ।
null
अन्नपूर्णले सन् २०१२ देखि ब्ल्याक होलको खोजीमा रहेका वैज्ञानिकले खिचेको त्यसको तस्वीरबारे मुख्य समाचार लेखेको छ । आन्तरिक मामिलामा बाह्य शक्तिका हस्तक्षेपकारी गतिविधि बढ्दै गएको निष्कर्षलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा कभरेज गरेको छ ।
नागरिकले ललितानिवासको जग्गा धितो राखेर कर्जासमेत लिइएको लेखेको छ । सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा व्यक्तिका नाममा बनाएर धितो राखी विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अर्बौं रुपैयाँ ऋण लिएको पाइएको समाचारमा लेखिएको छ ।
राजधानीमा स्थानीय तहमा १५ हजार कर्मचारी अभाव भएको समाचार छ भने गोरखापत्रले सफाइमा लोकप्रिय बन्दै गएको ट्रयास च्यालेन्जबारे एंकर बनाएको छ ।
