अन्तर्राष्ट्रिय भलिबलको उपाधिका लागि आर्मी र पुलिस भिड्ने

 

चैत २७, चितवन । नेपाल आर्मी र नेपाल पुलिस क्लब चितवनको रत्ननगरमा जारी अन्र्तराष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । 

बुधबार भएको सेमिफाइनलको खेल जितेपछि आर्मी र पुलिसले उपाधि भिडन्त गर्ने पक्का भएको हो । 

null

पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले भारतको रेलवे स्टेशन तालिमनाडु र आर्मीले बंगलादेशको टाईटस क्लबलाई पराजित गरेका हुन् । 

पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब २५–१७,२५–१५,१७–२५,१९–२५ र १५–११ को सेटमा विजयी भएको प्रतियोगिताका संयोजक बरुणबाबु घिमिरेले जानकारी दिए । 

फाइनल स्थान सुरिक्षत गर्न पुलिसलाई अन्तिम सेट सम्म कुर्नुपरेको थियो । दोस्रो सेमिफाइनलमा आर्मी बंगलादेशमाथी हावी हुँदै सोझो सेटमै विजयी भयो । बंगलादेश विरुद्ध आर्मी २८–२६,२५–१९ र २७–२५ को सेटमा विजयी भएको हो । 

चितवन जिल्लाकै सर्वाधिक पुरस्कार राशीको उपाधिका लागि आर्मी र पुलिस बीचको फाइनल खेल बिहीबार बिहान ९ वजेपछि वैरिया माध्यमिक विद्यालयको परिसरमा हुनेछ । 

नेपाल पुलिस, नेपाल आर्मीसहित शशस्त्र प्रहरी बल (एपिएफ), प्रदेश नम्बर ३,बंगलादेशको टाईटस, भारतको रेलवे स्टेशन र आयोजक पञ्चरत्न युवा क्लब सहभागी प्रतियोगिता लिगका आधारमा खेलाइएको थियो । 

प्रतियोगिताको विजेताले ३ लाख ट्रफी र उपविजेताले १ लाख ५० हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक घिमिरेले बताए । त्यस्तै विभिन्न ६ वटा विधामा समेत खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । 

प्रदेश नम्बर ३ का सांसद कृष्ण प्रसाद खनालको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण समारोह हुनेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *