आइपीएल: अपराजित चेन्‍नईलाई ब्रेक, मुम्बइ इण्डियन्स विजयी

काठमाडौं, २१ चैत्र । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा चेन्‍नई सुपर किङ्‍सले पहिलो हार व्यहोरेको छ । बुधबार राति भएको खेलमा मुम्बइ इण्डियन्सले तीन खेल खेलेर अंक तालिकाको शीर्षस्थानमा रहेको चेन्‍नईलाई पराजित गरेको हो । 

टस हारेर पहिला ब्याटिङ गरेको मुम्बइले घरेलु मैदानमा चेन्‍नईलाई १ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । चेन्‍नईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३३ रनमात्र बनाउन सक्यो । चेन्‍नईका लागि केदार जाधवले अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन । जाधवले ५४ बलमा ८ चौका र १ छक्काको मद्दतमा ५८ रनको योगदान गरेका थिए । 

 

null

त्यस्तै, चेन्‍नईका लागि सुरेश रैनाले १६ रन, महेन्द्र सिंह धोनी र शार्दुल ठाकुर १२, डेविन ब्राभोले ८, दिपक चाहरले ७, शेन वाट्‍सन ५, रभिन्द्र जडेजा १ रन बनाएका थिए । मुम्बईका लागि लसिथ मलिंगा र हार्दिक पाण्डेयले समान तीन विकेट लिए भने जेसोन बेहेरनडोर्फले २ विकेट हात पारे । 

त्यसअघि मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७० रन बनाएको थियो । मुम्बईका लागि सुर्यकुमार यादवको अर्धशतकीय पारी खेले । ४३ बलको सामना गरेका उनले ८ चौका र १ छक्काको मद्दतमा ५९ रन बनाए । 

३२ बल खेलेका क्रुनल पाण्डे्यले ५ चौका र १ छक्काको मद्दतमा ४२ रन बनाए । कप्तान रोहित शर्मा १४ रनमा पभेलियन फर्किँदा युवराज सिंह र ओपनर डिकक ४ रनमा आउट भए । हार्दिक पाण्डे र पोलार्डले क्रमशस् अविजित २५ र १७ रन बनाएका थिए । चेन्‍नईका ब्राभो, ताहिर, जडेजा, मोहित शर्मा, दिपक चहारले समान १/१ विकेट लिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *