राष्ट्रपति भण्डारीको चीनमा नेपालीमा सम्बोधन, ‘पूर्वाधारको विकास, बजारलाई जोड्ने र दिगो विकासको लक्ष्य’

काठमाडौं, १४ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बेइजिङमा जारी दोस्रो बेल्ट एन्ड रोड एनिसिएटीभ (बीआरआई) अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा नेपालीमा सम्बोधन गर्दै विश्वभरका नेपालीबाट प्रशंसा बटुलेकी छन् । विभिन्न अन्तर्राष्ट्रिय फोरममा नेपालको प्रतिनिधित्व गर्न गएका विशिष्ट व्यक्ति तथा मन्त्रीहरूले जानी नजानी अंग्रेजीमा बोल्ने, अंगेजीलाई देवनागरी लिपिमा लेखेर लवज नमिलाई बोलेर आलोचना भोगेका थुप्रै घटना छन् । तर, शुक्रबार राष्ट्रपति भण्डारीले बुद्धको जन्म भूमि र विश्वको सर्वाेच्च शिखरको देश नेपाल र नेपाली जनताको तर्फबाट अभिवादन र शुभेच्छा भन्दै आफ्नो भाषण सुरु गरेकी थिइन् ।सो अवसरमा उनले चिनियाँ राष्ट्रपति सी जिङ पिङ र चिनियाँ जनतालाई जनगणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सवका अवसरमा शुभकामना पनि दिइन् ।२५ देखि २७ अप्रिलसम्म हुने सम्मेलनमा विश्वका ४० देशका सरकार प्रमुखको उपस्थिति रहेको छ । साथै सम्मेलनमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो र अन्तर्राष्ट्रिय मुद्रा कोषका महानिर्देशकसहित विभिन्न ९० अन्तर्राष्ट्रिय संस्थाका करिब ५ हजार प्रतिनिधिको सहभागिता रहेको छ । 

सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्कको माध्यममार्फत नेपाल–चीनबीच सम्पर्क सञ्जाल प्रगाढ हुने बताएकी छन् । उनले नेपाल–चीन सीमापार रेलवेलगायतका सञ्जाल नेपाल र चीनबीच मात्र नभई यस क्षेत्रका अन्य देशसँगको सम्पर्क वृद्धि गर्न पनि बलियो माध्यम रहेको बताइन् । राष्ट्रपति भण्डारीले ग्रिन डेभलप्मेन्टको अवधारणाबाट अघि बढ्नुपर्नेमा जोड दिइन् । राष्ट्रपति भण्डारीले सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न नेपाल दृढताका साथ अगाडि बढेको समेत बताइन् ।उनले बीआरआईलाई सहकार्य, समन्वयन, र कनेक्टिभिटीको महŒवपूर्ण माध्यमका रूपमा व्याख्या गरेकी थिइन् । ‘यो कनेक्टिभिटी वृद्धि गर्ने ऐतिहासिक पहल हो । यसले पूर्वाधारको विकास, बजारलाई जोड्ने र दिगो विकासको लक्ष्य हासिल गर्न योगदान दिनेछ,’ उनले भनिन् । उनले नेपालले विकासका चुनौती सामना गर्न छिमेकीलगायत अन्य मित्रराष्ट्र तथा विकास साझेदारसँग द्विपक्षीय तथा बहुपक्षीय सहकार्य र सहयोग बढाउन चाहेको स्पष्ट पारिन् । उनले पछिल्लो समय विश्व रूपान्तरण भएको र धेरै स्थानमा गरिबी न्यूनीकरण हुँदै गएको स्वास्थ्य र शिक्षामा पहुँच विस्तार भएको र अर्थतन्त्र समृद्धि उन्मुख भएको धारणा राखिन् । ‘यो सबै सफलता सहकार्यकै फल हो , अहिले केही नयाँ र पुराना चुनौतीको सामनाका लागि सहकार्य झन् आवश्यक बन्दै गएको छ,’ राष्ट्रपति भण्डारीले बताइन् ।उनले बीआरआईलाई समृद्ध भविष्यको इन्जिनका रूपमा व्याख्दा गर्दै नेपालजस्तो भूपरिवेष्ठित देशले बीआरआईमार्फत सामाजिक आर्थिक विकासमा नयाँ आयाम प्राप्त गर्ने बताइन् । उनले नेपालले राजनीतिक स्थायित्व प्राप्त गरेको र अबको लक्ष्य भनेको नेपालीको जीवनशैलीमा परिवर्तन गर्ने भएको बताइन् । बीआरआईअन्तर्गत सन् २०१९ को मार्चसम्ममा चिनियाँ सरकारले १२५ देश र २९ अन्तर्राष्ट्रिय सस्थासँग १७३ वटा सम्झौता गरेको छ । यस परियोजनाअन्तर्गत ८२ वटा आर्थिक तथा व्यापारिक जोन निर्माण हुने र २ लाख४४ हजार नयाँ रोजगार सिर्जना हुनेछन् । यूएनले यसलाई दिगो विकास लक्ष्य प्राप्तिको महŒवपूर्ण माध्यमका रूपमा समेत लिएको छ । बीआरआईमार्फत एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका विकासोन्मुखदेशमा सहयोग पुग्नेछ । सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायतको सहभागिता थियो । चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपालका लागि चीनका राजदूत होउ याङ्ची, संघीय संसद्का सदस्यहरूको पनि उपस्थिति थियो ।सी जिङको डिनरमा सहभागी भइन् भण्डारीराष्ट्रपति भण्डारीले बेजिङको ग्रेट हल अफ पिपुल्समा साँझ चीनका राष्ट्रपति सी जिङ पिङले आयोजना गरेको रात्रिभोजमा सरिक भएकी छन् । सो ब्यांक्युट डिनरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायतको सहभागिता थियो । राष्ट्रपतिले लिडर्स राउन्ड टेबल अफ सेकेन्ड बेल्ट एन्ड रोड फोरममा भाग लिने कार्यक्रम छ । उनले विषयगत सत्रलाई सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । यूएन २०३० एजेन्डा कार्यान्वयनका लागि ग्रिन र दिगो विकासको प्रवद्र्धन विषयक सत्रलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको हो । त्यसैगरी शुक्रबार नै नेपालको सांसदहरूको टोलीले चाइना नेपाल फेन्डसिप ग्रुप अफ नेसनल पिपुल्स कंग्रेस उपप्रमुख वाङ होङयाओसँग भेट गरेको थियो । जसमा राष्ट्रपति भण्डारीको समेत उपस्थिति थियो । सो भेटमा नेपाल चीनबीचका द्विपक्षीय सम्बन्धको विषयमा छलफल भएको थियो । आजको राजधानी दैनिकमा रामसूदन तिमल्सिनाले लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 9 =