नेपालद्वारा थाइल्याण्डलाई २ सय ३५ रनको लक्ष्य

 

बैशाख १२, काठमाडौं । थाइल्याण्डमा जारी एसीसी यू–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई जितका लागि २ सय ३५ रनको चुनौती दिएको छ । 

थाइल्याण्डको चियाङमाईमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ३५ ओभर खेल्दै ७ विकेट गुमाएर २३४ रन बनायो । 

null

नेपालका लागि आशिस भट्टराईले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ्स खेले भने विशाल विक्रम केसीले ३८ रनको योगदान दिए । दिपक बोहराले ३५ रन जोड्दा विशाल कुमार पटेलले २८ रन जोडे भने निखिल कुमार सिंह २२ रनमा अविजित रहे । 

थाइल्याण्डका नारावेट नुन्ताराजले ३ तथा योड्साक सारानोन नाकुनले २ विकेट लिए । 

अघिल्ला दुई खेलमा हात पारेको जितका कारण नेपाल सेमिफाइनल नजिक पुगिसकेको छ । आजको खेलमा थाइल्याण्डलाई हराएमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ । 

सुरुवाती दुई खेलमा जित निकालेको नेपाल आयोजकविरुद्ध नेपाल तेस्रो जितको खोजीमा छ । आयोजकसँगकाे खेल जितेर नेपाल समूह विजेता बन्ने लक्ष्यमा छ । 

नेपालले पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो । बुधबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो । 

समूह ‘ए’ मा रहेको नेपालले २ खेलबाट ४ अंक जोडेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 15 =