पलले वर्षासँग गरे यस्तो बाचा (भिडियोसहित)

 

बैशाख ३, काठमाडौं । चलचित्र ‘विर विक्रम २’ को पहिलो गीत यूट्युबमा सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘विर विक्रम २’ को ‘बाचा’ बोलको गीत सार्वजनिक गरिएको हो । 

नरेश भट्टराईको शब्द रहेको गीतमा तारा प्रकाश लिम्बु र दिपा लामाले स्वर भरेका छन् । गीतमा पल शाह र वर्षा सिवाकोटी फिर्चड छन् । गायक लिम्बुको संगीत रहेको गीतको भिडियो सुदिप बरालले खिचेका हुन् । 

null

जेठ ३ गते रिलिज हुने चलचित्रमा पल शाह, वर्षा सिवाकोटीसँगै नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । 

चलचित्रमा मिलन चाम्सको निर्देशन तथा निर्माण रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *