नायक प्रदिप फिल्म ‘कबड्डी ३’ नखेल्नुको यस्तो छ कारण

बैशाख ६, काठमाडौँ । निर्देशक रामबाबु गुरुङले ‘कवड्डी ३’ बनाउने जमर्को गर्दैछन् । यस फिल्मको लागि कलाकारहरु पनी छनौट भईसकेका छन् । 

 

यस फिल्ममा दयाहाङ राई, बिजय बराल, बुद्दि तामाङ लगायतकाका कलाकारहरू छनोट भएका छन् भने नायिका उपासना सिंह ठकुरी को पनी भूमिका रहने हल्ला चलि रहेको छ ।  यस फिल्ममा नायक प्रदिप खड्का पनी  खेल्ने हल्ला चलेको थियो तर अब यस फिल्ममा नायक खड्का नहुने निश्चित भई सकेको छ । 

null

यस फिल्मको लागि रामबाबु गुरुङ र प्रदिपविच केही समयदेखी कुरा भैरहेको थियाे ।  प्रदिप द्वारा अनिभित फिल्म लभ स्टेशन फ्ल्प भएपछी निर्देशक गुरुङले उनलाई यस फिल्ममा नलिएको खबरहरु पनी बाहिरिएका छन् । 

तर प्रदिप भने आफूले यस फिल्मलाई समय दिन नसकेका कारण यस फिल्ममा नरहने बताउँछन् । उनी भन्छन् । ‘कबड्डी–३’ फागूण वा चैत्रमा छायांकनमा हुने कुरा थियो तर, अब वैशाखको अन्तिममा मात्र छायांकन हुँदैछ । वैशाखको अन्तिममा म फिल्म ‘प्रेमगीत ३’ मा व्यस्त हुने भएकोले ‘कबड्डी–३’ लाई समय दिन नसकेको हो । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *