च्याम्पियन्स लिग: अगुएरो पेनाल्टीमा चुके, सनको गोलमा म्यानचेस्टर सिटी पराजित

एजेन्सी । टोटेनहम हट्सपरले युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीलाई १-० ले पराजित गरेको छ । दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको एकमात्र गोल टोटेनहमका लागि प्रयाप्त रह्यो । खेलको ७८ औं मिनेटमा सनले गरेको गोल निर्णायक बनेको हो । 

 

सनले पेनाल्टी क्षेत्रभित्र एकल प्रयासमा गोल गरेका थिए । त्यसअघि टोलीका मुख्य फरवार्ड ह्यारी केन चोट बोक्दै बाहिरिएपछि टोटेनहम समस्यामा परेको थियो । तर, सनले क्रिस्टियन एरिक्सन, डेले अली र लुकास मोउरासँग मिलेर आक्रमणलाई बलियो बनाइरहे । 

null

पहिलो हाफमा म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरोले पेनाल्टी चुकाउँदा सिटीले अग्रता लिन असफल भयो । अगुएरोको प्रहारलाई टोटेनहमका कप्तान तथा गोलरक्षक ह्युगो लोरिसले बचाएका थिए । रेफ्रीले ड्यानी रोजको ह्यान्ड बललाई भिडियो असिस्टेन्ट रेफ्रीको सहारा लिएर सिटीलाई पेनाल्टी दिएका थिए । 

पहिलो लेग १-० ले पछाडी परेको सिटीले दोस्रो लेग घरेलु मैदानमा खेल्नेछ । खेल अर्को साता हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 1 =