च्याम्पिन्स लिग: रोनाल्डोको यूभेन्ट्स आयाक्ससँग पराजित हुँदै बाहिरियो

एजेन्सी । क्रिस्टियानो रोनाल्डोको टोली यूभेन्ट्स क्वार्टरफाइनलको दोस्रो लेगमा आयाक्ससँग २-१ गोलअन्तरले पराजित हुदैँ च्याम्पिन्स लिगबाट बाहिरिएको छ । आयाक्सले समग्रमा ३-२ को नतिजासहित यूभेन्ट्सको च्याम्पियन्स लिगको यात्रा रोकिदिएको हो । पहिलो लेगमा यी दुई टोलीले १-१ को बराबरी खेलेका थिए । 

 

घरेलु मैदानमा बराबरीको नतिजाले पनि यूभेन्ट्स सेमिफाइनलमा पुग्ने स्थिति थियो तर हारसँगै पाँच पटकका च्याम्पियन्स लिग विजेता रोनाल्डोको यूभेन्ट्सबाट यसपटक च्याम्पियन्स लिगको उपाधि उचाल्ने सपना चकनाचुर भएको हो । 

null

 

क्रिस्टियानो रोनाल्डोले २८ औं मिनेटमा हेडर गोल गर्दै यूभेन्ट्सलाई सुरुवाती अग्रता दिएका थिए । मिरालेम पियानिकको क्रसमा रोनाल्डोले डी बक्सको मध्यभागबाट गरेको हेडिङले जाली चुमेको थियो । तर, आयाक्सले उत्कृष्ट पूनरागमन गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भयो । 

 

डोनी भान डी बिकले ३४ औं मिनेटमा बराबरी गोल फर्काउँदै आयाक्सलाई खेलमा फर्काए । हकिम जियुचको पासमा डी बक्सको मध्यबाटबाट बिकले गोल गरेका थिए । त्यस्तै, ६७ औं मिनेटमा मिथिजस डी लिटले निर्णायक हेडिङ गोल गरे । लिस्से स्कान्नोको क्रसमा उनले हेडिङ गरेका थिए । 

 

आयाक्सले अब सेमिफाइनलमा म्यानचेस्टर सिटी अथवा टोट्नहमको विजेतामध्ये एकसँग खेल्नेछ । आयाक्स नवौं पटक यूरोपियन शीर्ष लिगको सेमिफाइनलमा पुगेको हो । 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 8 =