स्कुटर किन्दा बीरवहादुरलाई सुनको सिक्का

चैत्र २४ चितवन । यामाहाको स्कुटर खरिद गरेका चितवन रत्ननगरका बीर वहादुर विकलाई सुनको सिक्का परेको छ । नयाँ वर्षको अवसरमा यामाहाले संचालन गरेको नयाँ उपहार योजना अन्तर्गत रत्ननगर ११ का विकलाई सुनको सिक्का परेको हो । 

विकले गत साता कालिका मोटरसाईकल पार्टसबाट रे जेड स्कुटर खरिद गरेका थिए । आईतवार कालिका मोटरसाईकल पार्टस पर्सामा गरिएको लक्की ड्र गर्दा विकको नाम रहेको कार्ड रहेको थियो । 

 

null

ग्रेट एफएमका प्रवन्ध निर्देशक अनिल कुँवरले लक्की ड्र गर्दा विकको नाम रहेको कार्ड पर्न गएको थियो । लक्की ड्र गर्दा अन्य मोटरसाईकल र स्कुटर खरिद गर्ने ग्राहक उपस्थित भएपनि विक अनुपस्थित थिए । 

सो अवसरमा अघिल्लो साता लक्की ड्र मार्फत सुनको सिक्का परेकी दुर्गा कुमारी सिंहलाई कालिका मोटरसाईकल पार्टसका प्रवन्ध निर्देशक उत्तम अधिकारीले सुनको सिक्का हस्तान्तरण गरेका थिए । यामाहा मोटरसाईकलले सञ्चालन गरेको नयाँ उपहार योजना वैशाख महिनाभर चल्नेछ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *