समृद्धि रातारात हुँदैन, एक वर्षमा सरकारले ऐतिहासिक काम गरेको छः मन्त्री महासेठ

 

चैत २५, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकारले यो एक वर्षमा कसैले गर्न नसकेको काम गरेर इतिहास रचेको दाबी गरेका छन् । 

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘यो एक वर्षमा सरकारले कसैले नसोचेको काम गरेको छ । हामीले ऐतिहासिक काम गरेका छौं । सरकारको पहिलो वर्ष आधार वर्ष भएको छ ।’ 

null

मन्त्री महासेठले मुलुक एकात्मक शासन व्यवस्थाबाट संघात्मक शासन व्यवस्थामा प्रवेश गरेकोेले आफूहरुले सोहीअनुसार व्यवस्थापन गर्न समय खर्चिएको स्पष्ट पारे । उनले थपे, ‘तीन तहका सरकार निर्माण भएका छन् । तिनीहरुको लागि बजेट, साधन स्रोत, कर्मचारी र कार्यालयको व्यवस्थापन गर्यौँ । योजनाहरु बाँडफाँड गरेका छौं ।’ 

मन्त्री महासेठले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमै ८ सय किलोमिटर रोड पिच गरेको पनि दाबी गरे । उनले थपे, ‘६ लेन, चार लेन र २ लेनका ८ सय किलोमिटर सडक पिच भएको छ । सय भन्दा बढि पुलहरु बनेका छन् । ९ सय वटा त नयाँ ट्रयाकहरु खुलेको छ ।’ 

सरकारले विकास निर्माणका कामलाई पनि द्रुत गतिमा अघि बढाएको उनले जनाए । उनले भने,‘रेलमार्गलगायतका कामह? अघि बढेका छन् । पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम सुरु भइसकेको छ ।’ 

त्यस्तै, काठमाडौं–केरुङ र रक्सौल–काठमाडौं रेलमार्गको लागि प्रि–फिजिविलटीको काम सम्पन्न भएको उनले जनाए । यही आर्थिक वर्षभित्र जयनगर–जनकपुर रेल सञ्चालनमा आउने पनि उनले स्पष्ट पारे । 

मन्त्री महासेठले पानीजहाज कार्यालयको व्यवस्थापनसँगै रजिष्ट्रार नियुक्ती गरिएको बताउँदै भने, ‘२/३ चोटी सर्वे भइसकेको छ । गण्डकसम्म प्राविधिक टिम पुगेर फर्किएको छ ।’ 

महासेठले वर्तमान सरकार कुनैपनि कोणबाट असफल नभएको जिकिर गर्दै विकास निर्माण र समृद्धि रातारात हुने कुरा नभएको भन्दै चाैतर्फी विकासका लागि केही समय लाग्ने स्पष्ट पारे । 

निर्माण कार्यमा गलत गर्नेहरुलाई सरकारले कारबाही गरिरहेको पनि उनले स्पष्ट पार्दै उनले भने, ‘पप्पु कन्स्ट्रक्शनलाई नेपालगञ्जको पुल ठेक्कामा ५ करोड ७२ लाख जरिवाना गरिसकेका छौं । हामीले त्यो पुल बनाउने गरि उपाय पनि दिएका छौं । समस्याको समाधान गर्नुपर्छ । सरकार गम्भिर छ।’ 

मन्त्री महासेठले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउनेगरि काम गरिरहेको विश्वास दिलाए । उनले भने, ‘हामी सबै बालबालिकालाई विद्यालय पठाउँछौं । कसैलाई पनि शिक्षाबाट बञ्चित गराउँदैनौं ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *