सिंगापुरलाई नेपालले २१७ रनले हराएसँगै बिजयी शुरुवात

चैत्र २९, काठमाडाैँ । हाल मलेसियामा जारी यू–१९ एक दिवसीय विश्वकप क्रिकेट एशिया छनोट खेलमा नेपालले सिंगापुरलाई हराएका छन् । सिंगापुरलाई नेपालले २१७ रनले हराएसँगै विजयी सुरुवात गरेको छ ।
आफ्ना सबै विकेट गुमाउँदै पहिले व्याटिङ गरेको नेपालले ४६ ओभरमा २८२ रन बनाउन सफल भएको थियो । कप्तान रोहितकुमार पौडेलले नेपालका लागि सर्वाधिक ९५ रन गरेका थिए ।
null
रासिद खानले नेपालको तर्फबाट उत्कृष्ट व्याटिङ गर्ने क्रममा ४८, पवन सरार्फले ४७, कमलसिंह ऐरीले ३१ तथा भिम सार्कीले २६ रन गरेका थिए । बलिङतर्फ नेपालका पवन सरार्फले सर्वाधिक ३ तथा कुशल मल्ल र सूर्य तामाङले दुई–दुई विकेट लिएका थिए ।
सिंगापुरले २८३ रनको लक्ष्य लिएको ३१ ओभरमा आफ्ना सवै विकेट गुमाउँदै ६५ रनमा अलआउट गरेको छ । इशान सवानीले सिंगापुरका लागि सर्वाधिक २८ र साई भेनगोपालले १८ रन बनाउन सफल भएपनि अन्य खेलाडीले दोहोरो अंक छुन सम्म सकेन । सिंगापुरका अथर्भ गुनेले बलिङतर्फ सार्वधिक चार विकेट लिएका थिए ।








