पाइलट क्याप्टेन विजय लामा माथिको निलम्बन फुकुवा

बैशाख १७, काठमाडौं । पाइलट क्याप्टेन विजय लामामाथिको निलम्बन फुकुवा भएको छ । नेपाल एयरलाइन्सका प्रवक्ताको जिम्मेवारीमा हुँदा पाइलट लामाले बोलेको कुरा सुरक्षाका दृष्टिकोणले संवेदनशिल भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले लामा माथि शशर्त निलम्बनको निर्णय गरेको थियो । 

नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो । 

 

null

लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै क्यानले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरी प्रवक्ताको जिम्मेवारीबाट नहटेसम्म उडानमा रोक लगाउनू भन्ने पत्र नेपाल एयरलाइन्समा पठाएको थियो । 

प्राधिकरणको निर्णयअनुसार नेपाल एयरलाइन्सले लामालाई प्रबक्ताको जिम्मेवारीबाट हटाएको थियो । प्राधिकरणले भने अनुसारको निर्णय भएपछि अब लामालाई जहाज उडाउन कुनै रोकतोक छैन । 

विभिन्न मिडियामा लामाले दिएको अभिव्यक्तिबाट गम्भीर सुरक्षा चासो उत्पन्न भएको भन्दै प्राधिकरणको सुरक्षा हेर्ने विभागले उनलाई जहाज उडान किन दिने भन्दै प्रष्टिकरण सोधेको थियो । 

लामाले भने प्रवक्ताको रूपमा युट्युव अनलाइन मिडियामा नियामक र एटिसीका बारेमा आफ्ना भनाइ राखेका थिए । प्राधिकरणले लामालाई निलम्बन गरेको समाचार प्रकाशित भएपछि सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *