‘मन्त्री–जनप्रतिनिधिले महङ्गा गाडी चढ्न किन नपाउने ?’

 

चैत २०, काठमाडौँ । महंगा गाडी, हेलिकप्टर तथा विभिन्न सेवा–सुविधाको उपभोग गरेको भन्दै नेपालमा राष्ट्रपतिदेखि मन्त्री, नेता, जनप्रतिनिधिसम्म आलोचित हुने गरेका छन् । 

देशमा गरीबी हटाएर विकास गर्नेतिर ध्यान नदिइ जनप्रतिनिधिहरु आफ्नो स्वार्थमा लिप्त भएको जनताले आरोप लगाउँदै आएका छन् । 

null

यस्तैमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले भने राज्यले दिएको सेवा सुविधा मन्त्री–जनप्रतिनिधिले उपभोग गर्न पाउनु सामान्य भएको बताएका छन् । 

एक टिभी कार्यक्रममा बोल्दै अध्यक्ष तिमल्सिनाले अन्य देशका मन्त्री–जनप्रतिनिधिले राज्यले दिएको सुविधा लिने गरेको उदाहरण दिँदै नेपालमा पनि त्यस्तो हुनु सामान्य भएको बताएका हुन् । पदअनुसार गाडी, आवास, भत्ता जस्ता सुविधा लिएको विषयलाई अनावश्यक विवादमा पार्न उनको तर्क छ । 

यस्तै अध्यक्ष तिमल्सिनाले हावाहुरी पीडित बारा–पर्साका जनतालाई सरकारले राहत उपलब्ध गराउने पनि जानकारी गराए । राज्यले आफ्नो दायित्व पुरा गर्ने तथा आम जनताले राहत पाउने उनको दाबी छ । ‘राज्य आफ्नो दायित्वबाट पछि हटेको छैन । पीडित जनतालाई गाँस, बास र कपासको व्यवस्था सरकारले गर्छ । अन्य सचेत नागरिकहरुले पनि सहयोग गरिरहेका छन्’, उनले भने । 

राहत तथा उद्धार कार्यहरु पहिलेको भन्दा चुस्त–दूरस्त ढंगले भएको पनि उनले दाबी गरे । ‘ठूला–ठूला देशहरुमा पनि विपतीको रातारात तत्काल राहत पुग्दैन । समस्या आउँछ । नेपालमा पनि त्यस्तो हुनु सामान्य हो । तर पहिलेको अवस्था हेरी अहिले परिवर्तन आएको छ । राती त्यस्तो विपती आएको थियो तर त्यसको भोलिपल्ट बिहान नै स्वास्थ्य सेवाहरु उपलब्ध गराइएको थियो । उद्धार गरिएको थियो ।’ 

बारा–पर्सामा आइतबार साँझ आएको हावाहुरीमा परी २८ जनाको मृत्यु भएको थियो भने ६ सय भन्दा बढी घाइते भएका थिए । ४ सय बढी घाइते उपचार पश्चात् घर फर्किसकेका छन् । २ सय बढी अस्पतालमा उपचाररत छन् । 

प्रदेश २ सरकारले पीडित परिवारलाई ३–३ लाख दिने घोषणा गरेको छ । त्यहाँका क्षतिग्रस्त घरहरु सरकारले निर्माण गरिदिने भएको छ । सूदुरपश्चिम र प्रदेश ३ सरकारले १–१ करोड राहत उपलब्ध गराउने भएका छन् भने मन्त्री तथा नेताहरुले पनि आ–आफ्नो व्यक्तिगत तलबको केही अंश पीडितलाई उपलब्ध गराउने घोषणा गरेका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *