ला लिगा: मेस्सी र स्वारेजलाई आराम दिँदा बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना हुएस्कासँग गोलरहित बराबरीमा रोकिएको छ । हिजोको खेलमा बार्सिलोना आफ्ना नियमित रोजाइका ६ जना खेलाडी बिना मैदानमा उत्रेको थियो । बार्सिलोनाले लियोनल मेस्सीसहितका खेलाडीलाई आउँदो मंगलबार हुने च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको दोस्रो लेगलाई ध्यानमा राखेर आराम दिएको थियो । 

 

यस क्रममा बार्सिलोनाले हुएस्कासँगको खेलमा ४ खेलाडीलाई डेब्यू गराएको थियो । बार्सिलोनाले मेस्सीसँगै सर्जियो ब्सक्विट्स, लुइस स्वारेज, जेराड पिके, इभान राकितिक तथा सर्जी रोबोर्टोलाई उतारेन । उनीहरूको सट्टा मैदानमा डिफेन्डर जिन क्लेयर तोटडिबो, जेपसन मुरिल्लो, मौसा वाग्यू तथा मिडफिल्डर रिक्यू पुइगलाई पहिलो मौका दिइएको थियो । 

null

यस्तै ओउसमाने डोम्ब्ले तथा केभिन प्रिन्स बोडिङपनि मैदानमा उत्रेका थिए । बराबरीपछि शीर्षस्थानको बार्सिलोनाको ३२ खेलबाट ७४ जोडेको छ । लिग अन्तर्गत राति भएका अर्को खेलमा सेल्टा डी भिगोलाई २–० ले दोश्रो स्थानको एथ्लेटिको मड्रिडले हरायो । उसको ६५ अंक छ । यस्तै स्पानियोलले एलाभेसलाई २–१ तथा सेभिल्लाले रियल बेटिसलाई ३–२ ले पराजित गर्‍यो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + sixteen =